लोकसेवा आयोगको विज्ञापन रद्द नगरे आन्दोलन गर्ने चेतावनी | Khabarhub Khabarhub

लोकसेवा आयोगको विज्ञापन रद्द नगरे आन्दोलन गर्ने चेतावनी


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदिवासी, जनजाति, मधेशीलगायतका समुदायले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आदिवासी, जनजाति, मधेशीलगायतका संयुक्त आन्दोलन समितिले सो विज्ञापन रद्द नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।  संविधानको भावना विपरित आएको सो विधेयक फिर्ता नगरे कडा आन्दोलनमा जान बाध्य हुने आदिवासी, जनजाति नेता सुरेश आले मगरले चेतावनी दिए ।

नेपाल आदिवासी, जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले सो विधेयक संविधानको समावेशी सिद्धान्त विपरित आएकाले आफूहरु आन्दोलनमा जानु परेको स्पष्ट पारे । मुस्लिम र मधेशी समुदायले पनि सो विधेयक समावेशी सिद्धान्तको आधारमा नआएको दावी गर्दै तत्काल रद्द गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ०७ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी