लोकसेवा आयोगको विज्ञापन रद्द नगरे आन्दोलन गर्ने चेतावनी « Khabarhub

लोकसेवा आयोगको विज्ञापन रद्द नगरे आन्दोलन गर्ने चेतावनी


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदिवासी, जनजाति, मधेशीलगायतका समुदायले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आदिवासी, जनजाति, मधेशीलगायतका संयुक्त आन्दोलन समितिले सो विज्ञापन रद्द नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।  संविधानको भावना विपरित आएको सो विधेयक फिर्ता नगरे कडा आन्दोलनमा जान बाध्य हुने आदिवासी, जनजाति नेता सुरेश आले मगरले चेतावनी दिए ।

नेपाल आदिवासी, जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले सो विधेयक संविधानको समावेशी सिद्धान्त विपरित आएकाले आफूहरु आन्दोलनमा जानु परेको स्पष्ट पारे । मुस्लिम र मधेशी समुदायले पनि सो विधेयक समावेशी सिद्धान्तको आधारमा नआएको दावी गर्दै तत्काल रद्द गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ०७ बजे

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको

अवैध लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ