इटहरी–गुठी विधेयक खारेजीको माग राख्दै सुनसरीको इटहरीमा सोमबार विरोध प्रर्दशन भएको छ । सनातन युवा मञ्च नेपाल र हिन्दु धर्मगुरु श्रीनिवासाचार्यको अगुवाईमा इटहरीमा विरोध प्रर्दशन गरिएको हो ।
विधेयक खारेजीको माग राख्दै निकालिएको विरोध प्रदर्शनमा धर्मगुरु निवासाचार्यले उक्त विधेयक नेपालको ऐतिहासिक सम्पदा , संस्कृति विरोधी रहेको भन्दै विधेयकको प्रावधानले गुठीको जग्गा भू माफियाको हात जाने र धार्मिक सभ्यता नै जोखिममा पर्ने तर्क गरे । गुठी विधेयक खारेजीको माग ससंददेखि सडकसम्म आन्दोलन भइरहेको छ ।
सोमबार मात्र गुठी विधेयकका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय लिने बताएका छन् ।
प्रतिक्रिया