प्रधानमन्त्री रोजगार कार्यक्रमको चेक बुझ्न गएका नेकपा नेता मृत फेला « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमको चेक बुझ्न गएका नेकपा नेता मृत फेला


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिकामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता मृत फेला परेका छन् ।

भीमदत्त नगरपालिका वडा नम्बर ७ का नेता बसन्त बहादुर सिंह मृत फेला परेका हुन् ।

असार २७ गते (शुक्रबार) प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित कामको रकम भुक्तानीको चेक बुझ्न भनेर घरबाट निस्किएका सिंह मंगलबार मृत फेला परेका हुन् ।

सिंह प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गठित उपभोक्ता समितिका अध्यक्ष समेत हुन् ।

म ३ प ५३७ नम्बरको मोटरसाइकलमा निस्किएका सिंह रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

स्थानीयले भने उनको हत्या भएको भन्दै अनुसन्धानको माग गरेका छन् । आत्महत्या गरेको देखाउनका लागि कसैले उनको शव ढुङ्गामा राखेर घाँटीमा डोरी बाँधेर रुखमा झुन्ड्याएको हुनसक्ने स्थानीयको भनाइ छ ।

प्रहरीले भने घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको र शवको पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान शुरु गर्ने जनाएको छ ।

शनिबार सिंहको परिवारले उनी बेपत्ता भएको भन्दै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

आफन्तको निवेदन पछि खोजीमा जुटेको प्रहरीले आइतवार सिंहले घरबाट निस्किदा लिएको म ३ प ५३७ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका–७ खन्याखोलामा फेला पारेको थियो ।

धनगढीबाट तालिमप्राप्त कुकुर समेत ल्याएर सिंहको खोजीमा जुटेको प्रहरीले मंगलबार सडेको अवस्थामा उनको शव फेला पारेको हो ।

सिंहको शव उनको मोटरसाइकल फेला परेकोभन्दा करिब ४ किलोमिटर टाढा चुरेको जंगलामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ११ : ०४ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार