प्रधानमन्त्री रोजगार कार्यक्रमको चेक बुझ्न गएका नेकपा नेता मृत फेला | Khabarhub Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमको चेक बुझ्न गएका नेकपा नेता मृत फेला


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिकामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता मृत फेला परेका छन् ।

भीमदत्त नगरपालिका वडा नम्बर ७ का नेता बसन्त बहादुर सिंह मृत फेला परेका हुन् ।

असार २७ गते (शुक्रबार) प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित कामको रकम भुक्तानीको चेक बुझ्न भनेर घरबाट निस्किएका सिंह मंगलबार मृत फेला परेका हुन् ।

सिंह प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गठित उपभोक्ता समितिका अध्यक्ष समेत हुन् ।

म ३ प ५३७ नम्बरको मोटरसाइकलमा निस्किएका सिंह रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

स्थानीयले भने उनको हत्या भएको भन्दै अनुसन्धानको माग गरेका छन् । आत्महत्या गरेको देखाउनका लागि कसैले उनको शव ढुङ्गामा राखेर घाँटीमा डोरी बाँधेर रुखमा झुन्ड्याएको हुनसक्ने स्थानीयको भनाइ छ ।

प्रहरीले भने घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको र शवको पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान शुरु गर्ने जनाएको छ ।

शनिबार सिंहको परिवारले उनी बेपत्ता भएको भन्दै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

आफन्तको निवेदन पछि खोजीमा जुटेको प्रहरीले आइतवार सिंहले घरबाट निस्किदा लिएको म ३ प ५३७ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका–७ खन्याखोलामा फेला पारेको थियो ।

धनगढीबाट तालिमप्राप्त कुकुर समेत ल्याएर सिंहको खोजीमा जुटेको प्रहरीले मंगलबार सडेको अवस्थामा उनको शव फेला पारेको हो ।

सिंहको शव उनको मोटरसाइकल फेला परेकोभन्दा करिब ४ किलोमिटर टाढा चुरेको जंगलामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ११ : ०४ बजे

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको