चिकित्सा शिक्षा आयोगको दरखास्त रद्द, डा केसीको माग पूरा ! « Khabarhub

चिकित्सा शिक्षा आयोगको दरखास्त रद्द, डा केसीको माग पूरा !


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएका ६ जनाको दरखास्त रद्द गरेको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले असार ९ गते प्रकाशित गरेको सुचनाको आधारमा दरखास्त दिएका ६ जनाको दरखास्त रद्ध गर्दै सरकारले पुनः दरखास्त आह्वान गरेको छ ।  आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्षका लागि पुनः दरखास्त आह्वान गरेको हो ।

यसअघि आयोगको उपाध्यक्षका लागि आवेदन दिएकाहरुको राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २४ को उपदफा १ अनुसार ६ जना आवेदकहरु नै उपाध्यक्षको पदमा नियुक्ति हुन योग्यता नपुगेको भन्दै समितिले उनीहरुको दरखास्त रद्द गरी पुन आवेदन माग गरेको हो ।

समितिले बुधबार सुचना प्रकाशित गर्दै आयोगको उपाध्यक्षका लागि आवेदन दिन इच्छुकले आयोगमा रहदा निर्वाह गर्ने भूमिका सहितको ४ वर्षे कार्ययोजना सहित १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएकाहरु अयोग्य रहेको भन्दै चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले उपाध्यक्ष छनोटको कार्य दद्द गर्न माग गरेका थिए ।

हेर्नुस् पुनः दरखास्त आह्वान सम्बन्धी सुचना–

 

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १२ : ०९ बजे

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी– जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता

ईयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

ब्रसेल्स– युरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित