सवारी कारवाहीबाट एक करोड ६४ लाख राजश्व संकलन « Khabarhub

सवारी कारवाहीबाट एक करोड ६४ लाख राजश्व संकलन


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५/७६ मा रु एक करोड ६४ लाख राजश्व सङ्कलन गरेको छ ।

सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५/७६ को असार ३० गतेसम्म रु एक करोड ६४ लाख ५८ हजार ५०० राजश्व सङ्कलन गरेको हो ।

आव २०७४/७५ को राजश्वभन्दा ४७ प्रतिशत बढी राजश्व हो । गत आव २०७४/७५ जिल्ला ट्राफिक प्रहरी सुर्खेतले रु ८७ लाख ८९ हजार राजश्व सङ्कलन गरेको थियो ।

विशेषगरी मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, बिना लाइसेन्स सवारी चलाउने, क्षमताभन्दा बढी भार बोक्नेलगायतका ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेलाई कारवाहीबाट ठूलो परिमाणमा राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिए ।

पुस महीनामा सबैभन्दा बढी दुई हजार ८७३ सवारीसाधन कारवाहीमा पर्दा प्रहरीले रु १९ लाख ४७ हजार राजश्व सङ्कलन गरेको थियो । सबैभन्दा कम साउन महीनामा एक हजार १४१ सवारी कारवाही हुँदा रु आठ लाख ५२ हजार ५०० राजश्व सङ्कलन भएको जनाइएको छ ।

ट्राफिक नियमसम्बन्धी आव २०७५/७६ मा ६१३ पटक जनचेतनामूलक कार्यक्रम गर्दा सवारी दुर्घटनामा कमी आएको उनको दाबी छ । उनका अनुसार आव २०७४/७५ मा सवारी दुर्घटनाबाट ३५ को मृत्यु भएकामा आव २०७५/७६ मा त्यो सङ्ख्या २९ मा झरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ११ : ४२ बजे

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई