बाढीले बगाउँदा महोत्तरीमा एकको मृत्यु « Khabarhub

बाढीले बगाउँदा महोत्तरीमा एकको मृत्यु


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौशाला– बाढीले बगाउँदा महोत्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–९ बहुअर्वाका श्याम यादवका छोरा आठ वर्षीय पङ्कज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

घरबाट डेढ किलोमिटर पूर्व रहेका बिग्ही नदी नजिक आफ्ना हजुरबुबासँगै गएका पङ्कज फर्किने क्रममा बिग्ही नदीमा आएको बाढीले बगाउँदा मङ्गलबार बेलुका बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले नदीमा बेपत्ता बालक पङ्कजको शव आज दिउँसो बिग्ही नदीको बाढीले सोही वडामा बनाएको १५ फिट गहिरो दहमा फेला परेको हो ।

बाढीका कारण जिल्लामा उनीसहित छ जना बालक र एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ३ : ५७ बजे

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं– प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ