मल नपाएर नेपाली किसान भारतीय बजार जान बाध्य | Khabarhub Khabarhub

मल नपाएर नेपाली किसान भारतीय बजार जान बाध्य


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलको अभाव भएपछि यहाँका कृषकहरु भारतीय बजार जान बाध्य भएका छन् । प्रदेश नं ५ को प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभासदस्य भुवनेश्वर चौधरीले वर्षाको समयमा पनि मल र आधुनिक औजारबाट कृषक वञ्चित भएको बताए ।

नेपालमा मल नपाएर भारतीय बजारमा कृषक मल लिन जाँदा भारतीय प्रहरीले दुःख दिने गरेको उल्लेख गर्दै प्रदेशसभाका सदस्य अष्टभुजा पाठकले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा जनताको तटबन्ध कार्यक्रममा टेण्डर भए पनि अहिलेसम्म काम नभएको आरोप लगाए ।

उनले सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै सरकारले कृषकको समस्यालाई बेवास्ता गरेको बताए । अर्का सदस्य दीपेश थारूले बर्दियाको केरवा गाउँपालिकामा जङ्गली हात्तीको आतङ्कले ३० घरमा क्षति पुगेको र १० घरपरिवार विस्थापित भएको उल्लेख गर्दै हुलाकी सडकमा पर्ने शक्तिघाट पुलको व्यवस्थापन नहुँदा त्रासको वातावरण सिर्जना भएको बताए । उनले भने “सरकारी अड्डामा संस्थागत रुपमा भ्रष्टाचार भएको छ, यसको छानबिन गर्नुपर्छ ।”

अर्का सदस्य बसिउद्दिन खाँले रुपन्देहीको भैरहवामा रहेको ज्वेलर्स पसलमा लुटपाट भएको र जनताको जीउधनको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै ग्रामीण भेगमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न माग गरे ।

सदस्य इन्द्रप्रासद खरेलले अनुगमनमा जाँदा केही ठेकेदारले काम नै नगरेको देखिएको जानकारी दिँदै अनुदानको रकम दुरुपयोग भएकोमा चिन्ता व्यक्त गरे । त्यस्तै प्रदेशसभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरे ।

सो विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य कृष्ण न्यौपानेले मुलुकको समृद्धि र आर्थिक उत्पादन वृद्धिका लागि विधेयक आवश्यक भएको बताए ।

प्राइभेट फर्म दर्ता गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य युवराज खनालले आर्थिक स्रोतको व्यवस्थापन गर्न विधेयक आएको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ५ : ४१ बजे

गृहमन्त्री लेखक भन्छन्‌ : यही सरकारलाई निरन्तरता दिनु उचित

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेकपा (एमाले) सँगको साझेदारीको वर्तमfन

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या चाँडै समाधान गर्छौं : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि

विश्वप्रकाशको ‘ऐना’ को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायले न्यून स्रोत साधनका

‘बिग बोस’ १९ का प्रतिस्पर्धी रोबर्ट पनि हुने चर्चा

काठमाडौं – बलिउड नायक सलमान खान प्रस्तोता रहेको शो ‘बिग