भारतको उत्तर प्रदेशमा जग्गाको विषयमा विवाद हुँदा ९ जनाको हत्या « Khabarhub

भारतको उत्तर प्रदेशमा जग्गाको विषयमा विवाद हुँदा ९ जनाको हत्या


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ– भारत उत्तर प्रदशेको सोनभद्र जिल्लामा जमिनका विषयमा विवाद हुँदा ९ जनाको हत्या भएको छ ।

सोनभद्र जिल्लाको उभवन गाउँमा जमिनको विषयमा गाउँका प्रधान र स्थानीय गाउँलेको पक्षबीच भएको विवादका क्रममा गाउँका प्रधान पक्षले ९ जनाको हत्या गरेको जनाइएको छ ।

मृत्यु हुनेमा ६ पुरुष र तीन महिला रहेको भारतीय सञ्चामाध्यमले जनाएका छन् । दुई पक्षबीच भएको भिडन्तका क्रममा गाउँका प्रधान पक्षले स्थानीयविरुद्ध जथाभावी गोली वर्षाएको जनाइएको छ ।

जवाफमा गाउँलेले लाठी र ढुङ्गामुढा प्रहार गरेका थिए । घटनामा २५ जना घाइते भएका छन् । दुई वर्षअघि गाउँका प्रधानले ९० बिघा जग्गा किनेको र प्रधानले दलबलसहित उक्त जग्गा कब्जा गर्न जाँदा गाउँलेहरुले विरोध जनाएपछि दुई पक्षबीच भिडन्त भएको जनाइएको छ ।

हाल सो क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ७ : ०७ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर