सामाजिक सुरक्षा योजना कार्यान्वयनमा « Khabarhub

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पूर्ण नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि पूर्णरुपमा कार्यान्वयनमा आएको छ ।

योजना कार्यान्वयन गर्ने मुख्य निकायका रुपमा रहेको सामाजिक सुरक्षा कोषले आजदेखि नै योगदानकर्ता श्रमिकको योगदान सङ्कलन गर्न थालेको छ । कोषमा योगदान गर्ने श्रमिकले अब उप्रान्त प्रारम्भमा औषधि उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाबाट सहायता प्राप्त गर्नेछन् ।

योजनामा सहभागी हुन आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा योगदान गर्नुपर्नेछ । सोमध्ये सम्बन्धित रोजगारदाताले २० र श्रमिकले ११ प्रतिशत रकम कोषमा दाखिला गर्नुपर्नेछ । कोषमा योगदान दाखिला गरेपश्चात् मात्र सामाजिक सुरक्षाका विभिन्न योजनामा सहभागी हुन सकिनेछ ।

योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा नभएकोसम्मको अवधिको सेवासुविधा सम्बन्धित रोजगारदाताले नै गर्नुपर्ने कोषले जनाएको छ । असार मसान्तसम्म कोषमा करीब २० हजार श्रमिक सूचीकृत भएका छन् ।

अपेक्षितरुपमा रोजगारदाता र योगदानकर्ता सूचीकृत नभएपछि कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्याविधि, २०७५ परिमार्जन गरेको छ । यससँगै कोषमा सहभागी हुने समयावधिसमेत थप भएको छ । आगामी असोज मसान्तसम्म रोजगारदाता र योगदानकर्ता सूचीकृत हुनसक्ने व्यवस्था गरिएको छ ।

यसअघि सरकारले सम्पूर्ण रोजगारदता र योगदानकर्तालाई गत असार मसान्तभित्र कोषमा सूचीकृत हुन आग्रह गरेको थियो । सामाजिक सुरक्षा योजना सञ्चालनमा देखिएका नीतिगत, कानूनी एवं प्रक्रियागत समस्या समाधान गर्ने तथा सामाजिक सुरक्षा योजनालाई थप आकर्षक बनाउने उद्देश्यले निजी क्षेत्र, रोजगारदाता र श्रमिकबाट विभिन्न समयमा प्राप्त सुझावका आधारमा योजनालाई अझ परिस्कृत बनाइने कोषले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : ०५ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका