सम्बन्धविच्छेदका लागि अदालत पुग्दै पुरुष « Khabarhub

सम्बन्धविच्छेदका लागि अदालत पुग्दै पुरुष


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/ ७५ मा सम्बन्ध विच्छेदसम्बन्धी ८८१ मुद्दा दर्ता भएका छन् ।

तिनमा २० प्रतिशत पुरुषले दिएका मुद्दा छन् । भदौ १ गतेदेखि लागू भएको नयाँ संहिताले पुरुषले चाहेमा पनि सम्बन्धविच्छेद गर्नसक्ने सुविधा प्रदान गरेपछि सम्बन्ध विच्छेदका निवदेन लिएर पुरुष अदालत पुग्न थालेका हुन् ।

जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्न दिइएका मुद्दामध्ये पुरुषले दायर गरेका मुद्दा करीब २० प्रतिशत रहेका जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारीले जानकारी दिए । अदालतमा आउने मुद्दामा सबैभन्दा बढी फैसला नै सम्बन्धविच्छेद हुने गरेका उनको भनाइ छ । उनले भने,“मुद्दा परेकामध्ये ६४७ मुद्दा किनारा लगाइसकेका छौं ।”

आव २०७४÷७५ देखि आएका एक हजार ३३८ सहित २०७५/७६ मा अदालतमा दुई हजार ५८९ मुद्दा दर्ता भएका छन् । तीन हजार ४९७ मुद्दा प्रक्रियामै रहेको न्यायाधीश अधिकारीले जानकारी दिए । यसवर्ष मात्रै दुई हजार ५६३ मुद्दा किनारा लगाउने लक्ष्य अदालतले राखेको थियो । मुद्दाको छिनोफानोसँगै अदालतले विशेष प्रकृतिका निवेदन उपरसमेत सम्पादन गरेको छ ।

स्थानीय तहमा न्यायिक समितिको गठनसँगै मानाचामल सम्बन्धी मुद्दा अदालतमा दर्ता गर्न छाडेका छन् । अंशसँग जोडिएर आएमा मात्रै मानाचामल मुद्दा अदालतमा दर्ता हुन्छ । सामान्य विवादका घटना स्थानीय तहमै मिल्ने वातावरण बन्दै गएमा आगामी दिनमा अदालतमा दर्ता हुनसक्ने मुद्दा केही कमी आउने श्रेष्तेदार लोकनाथ पराजुलीले बताए।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : ३० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार