इराकमा टर्किस कूटनीतिज्ञको हत्या | Khabarhub Khabarhub

इराकमा टर्किस कूटनीतिज्ञको हत्या


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– उत्तरी इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी अर्बिलमा बन्दुकधारीले टर्किका कूटनीतिज्ञको हत्या गरेका छन् ।

अर्बिलको अनकावा क्षेत्रस्थित एक रेष्टेरेन्टमा भोजन गरिरहेका बेला दुई बन्दुकधारीले अर्बिलस्थित नियोगका उप महावाणिज्य दूतलाई लक्षित गरी गोली हानेका थिए ।

बन्दुकधारीको आक्रमणका क्रममा अरु एक जनाको पनि ज्यान गएको र अर्का एक घाइते भएको बताइएको छ । गोली चलाउने दुबै बन्दुकधारी फरार छन् । टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानका प्रवक्ताले आक्रमणकारीको पहिचान गरी आक्रमणको बदला लिने दृढता व्यक्त गरेका छन् ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि सो क्षेत्रमा टर्कीमो बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत कुर्दिस्तान वर्कर्स पार्टी पीकेकेका लडाकु सक्रिय रहेको र उनीहरुले नै टर्किस कूटनीतिज्ञको हत्या गरेको हुनसक्ने बताइएको छ ।

टर्कीले आतंककारी समूह भन्दै पीकेकेविरुद्ध व्यापक कारवाही गर्दै आएको छ । बुधबारमात्रै टर्कीले इराकी कुर्दिस्तान क्षेत्रमा पीकेके लडाकुविरुद्ध गरेको हवाई आक्रमणमा ७ पीकेके लडाकुको ज्यान गएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ५२ बजे

विपद् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयको एक अर्ब जम्मा

काठमाडौं – अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ

विष्णुमती करिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो

काठमाडौं– टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन

‘प्रधानमन्त्रीविरुद्ध जनतामा भ्रम छर्नु राष्ट्र र जनताविरुद्धको षड्यन्त्र’ 

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो

पाकिस्तानमा भएको आक्रमणमा आठ जनाको मृत्यु, सात प्रहरी अपहरण

एजेन्सी– उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका

सुरक्षा निकायका अधिकारीलाई गृहमन्त्रीको निर्देशन- नवीन सोचका साथ काम गर्नू

सुदूरपश्चिम– गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा