संघीयता कार्यान्वयनको आधार वर्षका रुपमा प्रजातन्त्र दिवस मनाइँने « Khabarhub

संघीयता कार्यान्वयनको आधार वर्षका रुपमा प्रजातन्त्र दिवस मनाइँने


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रजातन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरिरहेको सरकारले प्रजातन्त्र दिवससम्बन्धि सूचनामूलक सामग्री प्रशारण गर्न देशभरका सबै एफएम रेडियो र टेलिभिजनहरुलाई आह्वान गरेको छ । फागुन ७ गते विशेष कार्यक्रमका साथ ६९ औं प्रजातन्त्र दिवस मनाइँदैछ ।

दिवसको तयारी स्वरुप मूल समारोह समिति अन्तरगतको प्रचार–प्रसार उपसमितिले देशभरका सबै सरकारी तथा निजी सञ्चार माध्यामहरु एफएम रेडियो तथा टेलिभिजनहरुलाई प्रजातन्त्र दिवससम्बन्धी सूचनामूलक सामग्री प्रशारण गर्न आह्वान गरेको हो ।

त्यसैगरी उपसमितिले छापा संचार माध्यामहरुलाई सो दिन प्रजातन्त्र दिवससँग सान्दर्भिक लेख, रचनालाई उच्च प्राथमिकता दिई प्रकाशन गर्न पनि उपसमितिले आग्रह गरेको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते सैनिक मंच, टुँडिखेलमा आयोजना हुने विशेष समारोह कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्नेछ ।

उपसमिति सदस्य सचिव एवम् संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित मूल समारोह समितिले गरेको निर्णयलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रजातन्त्र दिवस मूल समारोह समितिले आगामी फागुन ६, ७ र ८ गते देशभर तथा मुलुकबाहिर रहेको नेपाली कूटनीतिक नियोगहरुमा पनि प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । फागुन ७ गते सैनिक मंच टुडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यता रहनेछ ।

त्यसैगरी, विशेष अतिथिको रुपमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रजातन्त्र दिवस मूल समारोह समितिको सदस्यको रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी हुनेछन् । सरकारले यस वर्ष संघीयता कार्यान्वयनको आधार वर्षको रुपमा प्रजातन्त्र दिवस मनाउन लागेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : ०२ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि