हिमाली क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरीले ‘तालीम शिक्षालय’ बनाउँदै « Khabarhub

हिमाली क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरीले ‘तालीम शिक्षालय’ बनाउँदै


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले पर्वतीय क्षेत्रको विपद् जोखिम न्यूनीकरण र उद्धारका लागि तालीम शिक्षालय बनाउने भएको छ ।

सरकारबाट कार्यक्रम स्वीकृत भएर आइसकेसँगै शिक्षालय स्थापनाका लागि गृहकार्य थालिएको हो । हिमालय क्षेत्रमा हुने जोखिम न्यूनीकरण र जोखिममा परेकाको उद्धारका लागि जनशक्ति तयार गर्न शिक्षालय स्थापना गर्ने प्रक्रिया शुरु भएको सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिए ।

“शिक्षालय कहाँ राख्ने यकिन भएको छैन तर हामीले मनाङको दुई–तीन स्थानमा जग्गा हेरेका छौँ, जग्गा उपलब्ध हुन बाँकी रहेकाले कुन प्रकृतिको जग्गा प्राप्त हुन्छ, त्यही आधारमा बजेट निर्धारण हुन्छ ।” उनले भने ।

शिक्षालयका लागि प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा १७६ जनशक्ति आवश्यक पर्छ । तत्कालका लागि पूरै व्यवस्थापन गर्न नसकिए प्रहरी उपरीक्षककै नेतृत्वमा भए पनि एकाइ स्थापना गरेर काम अगाडि बढाउने सोच सशस्त्र प्रहरीको छ ।

सशस्त्रमा अहिले नुवाकोटको ककनीमा युएन पिस किपिङ्ग तालीम शिक्षालय छ । चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालीम शिक्षालय, पोखरामा दङ्गा नियन्त्रण तालीम शिक्षालय, नवलपरासीको वर्दघाटमा सीमा सुरक्षा तालीम शिक्षालय र बाँकेमा सशस्त्र प्रहरी जवान तालीम शिक्षालय छ ।

सबै शिक्षालयको नेतृत्व गर्ने गरी काठमाडौँको मातातीर्थमा सशस्त्र प्रहरी बल नेपाल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान खोलिएको छ । अब पर्वतीय क्षेत्रलाई केन्द्रित गरिएको नयाँ शिक्षालय थप्न लागिएको सशस्त्र प्रहरीले जनाएको छ ।

हिमाली क्षेत्रमा उद्धार र जोखिम न्यूनीकरण आवश्यक देखेर सशस्त्र प्रहरीले शिक्षालय स्थापना गर्न लागेको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले उत्तरी क्षेत्रको सीमा सुरक्षा मजबुत बनाउनु पनि अर्काे उद्देश्य रहेको बताए ।

यही शिक्षालयमार्फत उत्तरी क्षेत्रको ‘बोर्डर आउट पोष्ट’ राख्ने योजना सशस्त्र प्रहरीको छ । अहिले नेपालको भारतीय सीमा क्षेत्रमा मात्रै १०४ सीमा सुरक्षा एकाइ स्थापना गरिएको छ । अब केही एकाइ थपेर १८४ पु¥याउने लक्ष्य राखिएको जनाइएको छ ।

पर्वतीय क्षेत्रको जोखिम न्यूनीकरण गर्न स्थापना हुन लागेको उक्त शिक्षालयका लागि योजना बनाउन गृहमन्त्री थापाले सशस्त्र प्रहरीलाई निर्देशन दिएसँगै काम तीव्र रुपमा अगाडि बढाइएको छ । विसं २०५८ मा स्थापना भएको सशस्त्र प्रहरीमा हाल ३७ हजार जनशक्ति छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : ०३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको