चिकित्सकको चेतावनी, विहीबार सामूहिक राजीनामा ! « Khabarhub

चिकित्सकको चेतावनी, विहीबार सामूहिक राजीनामा !


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले सामूहिक राजीनामा दिने चेतावनी दिँदै थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

घोषित कार्यक्रममा सो विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग एक पटक आग्रह गर्ने र त्यसो नभए आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन शुरु गर्ने निर्णय गरिएको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।
प्रतिनिधिसभाबाट सो विधेयक आफूहरुको मागलाई सम्बोधन नगरी पारित भएको भन्दै सोमबार देशभरका चिकित्सकहरुले सो विधेयक सच्याउन सरकारलाई दवाव दिँदै, स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान संचालन गर्ने जनाएका छन् ।

आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै मंगलबार माइतीघर मण्डलामा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पनि अध्यक्ष पाण्डेले बताए ।

त्यसैगरी बुधबार सामूहिक विदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात सरकारलाई बुझाउन काठमाडौं भेला हुने तथा त्यसो गर्दा पनि आफूहरुको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन सुरु गर्ने सरकारी चिकित्सकहरुले सरकारलाई चेतावनी दिएका छन ।

आफूहरुको वृत्ति विकास रोकिने गरी सरकारले सो विधेयक ल्याएको भन्दै त्यसको विरोधमा सरकारी चिकित्सकहरुले दोस्रो चरणको सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन ।

याे पनि पनि पढ्नुस्

चिकित्सकलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा रोक, सामूहिक राजीनामा दिने डाक्टरहरुको चेतावनी

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ५ : ३६ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको