‘लुट्न सके लुट…’ पुनः युट्यूबमा अपलोड होला ? « Khabarhub

‘लुट्न सके लुट…’ पुनः युट्यूबमा अपलोड होला ?


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक भएको छोटो समयमै चर्चा र विवादमा आएको ‘लुट्न सके लुट…’ बोलको गीत पुनः युट्यूबमा अपलोड गर्न राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले अनुरोध गरेको छ ।

आइतबार बसेको वैठकपछि प्रतिष्ठानले गायक पशुपति शर्मालाई उक्त गीत जस्ताको त्यस्तै युट्यूबमा राख्न अनुरोध गरेको हो ।

सार्वजनिक भएको केही समयमै विवादित बनेपछि शर्माले युट्यूबबाट गीत हटाएका थिए । सामाजिक सञ्जाल फेसबूकमा लामो सन्देश लेख्दै गायक शर्माले आफ्ना शुभेच्छुकको सल्लाह बमोजिम केही शब्द परिमार्जन गर्न भनेर गीत युट्यूबबाट हटाएका थिए ।

शर्माले गीत हटाएपछि सामाजिक सञ्जालमा सरकारको चर्को विरोध भएको छ । शर्माले गीतमार्फत सरकारको आलोचना गरेकाले सरकारी पक्षले गीत हटाउन लगाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

यसै सन्दर्भमा आइतबार लोक दोहोरी प्रतिष्ठानको बैठक बसेको थियो । बैठकमा गायक शर्मा समेतलाई बोलाइएको थियो । वैठकमा शर्माले युट्यूबबाट गीत हटाउनुको कारण उल्लेख गरेका जनाइएको छ ।

आइतबारको वैठकपछि प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएअनुसार शर्माले गीतका केही शब्द आफैंलाई ‘फेर्न योग्य’ लागेर युट्यूबबाट हटाएको बताएका छन् ।

प्रतिष्ठानले भने गायक शर्मालाई उक्त गीत पुनः जस्ताको त्यस्तै युट्यूबमा अपलोड गर्न आग्रह गरेको छ ।

गायक शर्माले भने गीत अपलोड गर्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि लोक दोहोरी प्रतिष्ठानका पदाधिकारीहरुले भने छिट्टै उक्त गीत युट्यूबमा अपलोड हुनसक्ने बताएका छन् ।

यस्ताे छ प्रतिष्ठानको विज्ञप्ती,

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ७ : ०५ बजे

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट