वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन « Khabarhub

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार बिहान ८ बजेतिर डल्लुस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय सुभद्राले थुप्रै चलचित्र  र नाटकमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्र ‘बासुदेव’, ‘चिनो’, ‘स्वर्ग’, ‘बादल पारि’, ‘बेहुली’ लगायत कैयन् हिट छन् ।

नेपाली रंगमञ्चका क्षेत्रमा समेत उत्तिकै सक्रिय रहेकी सुभद्राले बाल्यकालदेखि नै नाटक र नृत्यमा सधै अग्रसर रहिन् । उनले बासु शशि, विजय बहादुर मल्ल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा लगायतका नाटकमा समेत अभिनय गरिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘मनको बाँध’ थियो । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा शुरु गरेकी थिइन् ।

अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो। उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्।

पछिल्लो समय भने सुभद्रा समाजसेवामा बढी सक्रिय थिइन् । उनको निधनले नेपाली चलचित्र क्षेत्रमा क्षति पुगेको भन्दै कलाकारले दुःख प्रकट गरेका छन् । लामो समय देखि दम रोगले पिडित अधिकारीको आजै पशुपति स्थित बिद्युतीय शवदाह गृह अन्त्यष्टि गरिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  १ : ३५ बजे

कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि जारी दोस्रो विशेष महाधिवेशनमा उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशनमा तीन जनाले लगे सभापतिको मनोयन पत्र

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

करुर भागदौड काण्डमा सुपरस्टार विजय सीबीआईको घेरामा

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके)

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न सानेपामा जुटे कांग्रेस नेताहरू

काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने