रवि समर्थकको भिडलाई नियन्त्रणमा लिन लाठी चार्ज | Khabarhub Khabarhub

रवि समर्थकको भिडलाई नियन्त्रणमा लिन लाठी चार्ज


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका पत्रकार रवि लामिछानेको पक्षमा उत्रिएका समर्थकको भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ ।

जिल्ला प्रहरी कार्याल बाहिर जम्मा भई नाराबाजी गरिरहेका समूहको भीड अनियन्त्रित भएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँससमेत प्रहार गरी भीड तितरवितर बनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भेट गरेका छन् । भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताए । रबिले पनि निश्पक्ष छानबिनमा सहघाउन तयार रहेको बताएको उनले जानकारी दिए ।

बिहानैदेखि नाराबाजी गरिरहेका प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्‍याएका छन् ।

अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह

चितवनमा रवि लामिछानेका पक्षमा ठूलो जमात भेला भएपछि अनुसनधानलाई प्रभाव पर्ने सक्ने भन्दै शालिकराम पुडाशैनीका परिवार र शुभेक्छुकले चिन्ता ब्यक्त गरेका छन् । प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुको ठूलो भिड चितवनमा जम्मा भएर प्रहरी माथि नै आ क्रमण गर्न थालेपछि चितवनका युवाहरुले प्रहरी अनुसन्धानलाई प्रभावित नपार्न आग्रह गरेका छन् ।

शुक्रवार साँझ रवि लामिछानेका समर्थकले चितवन जिल्ला प्रहरी कार्यालयमा ढुँगा मुढा गरेका थिए । ढुँगा मुढा पछि प्रहरीले बल समेत प्रयोग गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनीले गरेको आ त्मह त्याको निष्पक्ष छानविन गर्ने वातावरण तयार गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्र दर्शन गरिएको हो । ‘स्वतन्त्र युवा समूह’ ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यस अघि चितवनमै रवि लामिछानेका समर्थकले पनि प्रदर्शन गरेका थिए । लामिछानेका समर्थकले चितवनमा शक्ति केन्द्रित गरेका छन् । यसअघि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपमा पाँच जना प्रहरी घाइते छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

पुडासैनीको आत्महत्याको विषयमा छानविन गर्न लामिछानेसहित युवराज कँडेल र रकु कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले शुक्रबार अनुमति दिएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  १ : ०४ बजे

धनगढीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजना घाइते

धनगढी– धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते

‘पुजार सार्की’को ट्रेलर, प्रदीप र आर्यन आउँदा पल देखिएनन् (तस्बिरहरू)

काठमाडौं– आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ प्रदर्शन हुने

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर