शान्ति वार्ताबारे अमेरिकी राष्ट्रपति ट्रम्प र अफगानी उच्च सल्लाहकारबीचको छलफल सकारात्मक « Khabarhub

शान्ति वार्ताबारे अमेरिकी राष्ट्रपति ट्रम्प र अफगानी उच्च सल्लाहकारबीचको छलफल सकारात्मक


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानी तालिबान समूहसँग शान्ति सम्झौताको तयारीबारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उच्च अमेरिकी सल्लाहकारबीच कुराकानी भएको र छलफल ‘निकै राम्रो’ भएको ह्वाइट हाउस स्रोतले बताएको छ ।

राष्ट्रपति ट्रम्पलाई न्यू जर्सीस्थित आफ्नै गृहनगर बेडमिनिस्टरमा अमेरिकी सुरक्षा सल्लाहकारहरूसहित रक्षा मन्त्री मार्क एस्पर, विदेशमन्त्री माइक पोम्पेओ तथा सैनिक प्रमुख जनरल जोसेफ डनफोर्डबीच अफगानी शान्ति प्रक्रियाका बिषयमा भएको प्रगतिबारे जानकारी गराइएको थियो ।

उक्त अवसरमा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र तालिवानी समूहसँग वार्ता गर्न जिम्मेवारी पाएका जाल्मे खालिलजादको पनि उपस्थिति थियो ।

डेपुटी प्रेस सेक्रेटरी होगान गिड्लीद्वारा ह्वाइट हाउसमा जारी विज्ञप्तिमा भनिएको छ, “अफगानी सरकार, तालिवान समूहसँग शान्ति तथा मेलमिलापका लागि भइरहेको हाम्रो वार्ताबारे केन्द्रित रहेको थियो भने कुराकानी सार्थक बनेको छ ।”

छलफलबारे राष्ट्रपति ट्रम्पले पनि शनिबार ट्वीट गरेका छन् , “अफगानिस्तानका बिषयमा भएको वार्ता भर्खरै सकिएको छ । १९ बर्ष लामो अफगानी युद्धमा अमेरिकी सहयोगमा बनेको अफगानी सरकारका विरोधमा रहेका धेरैजसो व्यक्ति तथा समूहहरू सम्भवभएसम्म सम्झौता गर्ने पक्षमा देखिएका छन् ।”

यससँगै अफगानिस्तानको शान्तिका लागि सम्झौता हुने सम्भावना बढेको छ भने अमेरिकाले अफगानिस्तानमा लड्दै आएका आफ्ना १४ हजार सेनालाई फिर्ता गर्ने सम्भावना बढेको छ । वासिङ्टनले अफगानिस्तानबाट आफ्नो सेनालाई सकेसम्म छिटो स्वदेश फिर्ता गर्न चाहिरहेको छ ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार गत बर्ष अफगानिस्तानमा ९२७ बालबालिकासहित तीनहजार ८०४ सर्वसाधारणको द्वन्द्वसम्बन्धी विभिन्न घटनामा परी निधन भएको थियो ।

यस्तै द्वन्द्वका कारण अफगानिस्तानमा यस बर्षको सात महिनामा दुई लाख १७ हजार नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेका राष्ट्रसंघ मानवीय सहायता मामिला कार्यक्रमले जनाएको छ । द्वन्द्वका कारण अफगानिस्तानमा ठूलो मात्रामा मानवीय सहयोगको आवश्यकता पर्दै आएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  १ : ५७ बजे

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु