नेपालमा मार्क्सवाद र एशियाली दर्शन सम्मेलन हुने « Khabarhub

नेपालमा मार्क्सवाद र एशियाली दर्शन सम्मेलन हुने


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने मार्क्सवाद र एशियाली दर्शन विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा १० देशका ३०० भन्दा बढीले सहभागिता जनाउने भएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको आयोजनामा भदौ २ र ३ गते राजधानीमा सम्मेलन आयोजना हुँदैछ ।

सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, बेलायत, थाइल्याण्ड, दक्षिण कोरियालगायत देशका प्रतिनिधिको सहभागिता हुने आयोजक समितिका सदस्य सचिव डा प्रेमराज न्यौपानेले जानकारी दिए ।

सम्मेलनमा पूर्वीय सोच र मार्क्सवाद, कर्मकाण्डमा मार्क्सवाद, वेदान्त र मार्क्सवाद, बौद्ध दर्शन र मार्क्सवादी दर्शन, सङ्ख्य दर्शन र मार्क्सवाद, मार्क्सवाद र एशियाली दर्शनको अध्ययन पद्धति, कला साहित्यलाई हेर्ने मार्क्सवादी दृष्टिकोण, मार्क्सवाद र नेपाली साहित्य, मार्क्सवाद र बुद्ध दर्शनका समदृष्टिकोण, दर्शन विश्वदर्शन, मार्क्सवाद र एशिया अनुभव, वैदिक साहित्यमा मार्क्सवादी धारणालगायत २८ विषयका कार्यपत्र सम्बन्धित क्षेत्रका विज्ञले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको अन्त्यमा काठमाडौँ घोषणापत्रसमेत जारी गरिने छ । यस विषयमा पहिलोपटक सम्मेलन आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ३ : ४९ बजे

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं– नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव

काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू)

काठमाडौं– काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले

दुई सय सात किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा