प्रदेश ३ सरकारले कृषि सामग्री उत्पादन उद्योग स्थापना गर्ने | Khabarhub Khabarhub

प्रदेश ३ सरकारले कृषि सामग्री उत्पादन उद्योग स्थापना गर्ने


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश–३ सरकारले निजी क्षेत्रसँगको साझेदारीमा प्रदेशमा नै आधुनिक कृषि सामग्री उद्योग स्थापना गर्ने भएको छ । धान रोप्ने, काट्ने तथा धान, गहुँ, कोदोजास्ता अन्नबाली चुट्ने, झार्ने एवं कृषिक्षेत्रलाई आधुनिकीकरण गर्दै थोरै जनशक्तिले धेरै काम गर्न मिल्ने गरी आधुनिक कृषि सामग्री उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

उद्योगमा लगानी गर्ने निजी क्षेत्रको लगानीबाहेक प्रदेश सरकारले रु २५ करोडसम्म लगानी गर्ने जनाइएको छ । प्रदेशका किसानलाई सस्तो र सुलभ मूल्यमा कृषि औजार उपलब्ध गराउने उद्देश्यले कारखानाको स्थापना गर्न लागिएको हो ।

किसानका लागि चाहिने औजार भारतलगायतका मुलुकबाट खरीद गरेर ल्याउँदा महङ्गो पर्ने तथा ठूलो धनराशि बाहिरिने भएकाले आफ्नै प्रदेशमा कृषि औजार निर्माण गरेर स्वदेशी उत्पादन प्रवद्र्धन गर्न तथा केही मात्रामा भए पनि बेरोजगारी समस्या समाधान गर्न कृषि औजार कारखाना स्थापनाका लागि अग्रसर भएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिए ।

उद्योग स्थापनाका लागि प्रदेश सरकारले प्रथम चरणमा चालू आर्थिक वर्षका लागि रु दुई करोड छुट्याएको मन्त्री लामाले बताए । ‘यो प्रदेश सरकारको बहुवर्षे योजना हो, पटक–पटक गरेर रु २५ करोडसम्म लगानी गर्छौँ’, उनले भने । उद्योगमा निजी साझेदारले पनि आवश्यकताअनुसार सोही अनुपातमा लगानी गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ६ : ३४ बजे

कृषि मन्त्रालयद्वारा पाँच वर्षमा एक खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा १

रविको थुनछेक बहस सोमबार ११ बजेदेखि, पुर्पक्षको टुंगो नहुन्जेल हिरासतमै रहने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस

माघीमा खाइने चाकु र तरुलका यस्ता छन् फाइदा 

काठमाडौं– जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने

ऊर्जा उत्पादकले ‘सांसदलाई नेटवर्थबारे थाहै छैन’ भनेपछि…

काठमाडौं – गत शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)ले

स्कोर्पियो चढेर आएका रविलाई भ्यानमा हालेर प्रहरीले लग्यो हिरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार