अष्ट्रेलियामा पासपोर्ट हरायो के गर्ने ? « Khabarhub

अष्ट्रेलियामा पासपोर्ट हरायो के गर्ने ?


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियामा धेरै नेपालीहरु अध्ययन, रोजगारी तथा भ्रमणका लागि जाने गरेका छन् । त्यहाँ रहँदा आफ्नै असावधानी वा कमिकमजोरीले पासपोर्ट हराउन सक्छ ।

अष्ट्रेलियामा पासपोर्ट हराइहाले के गर्ने ?

सर्वप्रथम आफ्नो पासपोर्ट हराएको हो वा होइन ? भन्ने यकिन गर्ने । पासपोर्ट हराएको निश्चित भइसकेपछि प्रहरी कार्यालयमा आफ्नो पासपोर्ट कहाँबाट, कहिले, जारी भएको हो ? पासपोर्टको म्याद कहिलेसम्म थियो इत्यादी विवरण दिने । त्यसपछि प्रहरीले तपाईंको पासपोर्ट हराएको निश्चित गरी एक पत्र दिन्छ ।

त्यसपछि तपाईंले नयाँ पासपोर्ट बनाउने प्रक्रिया थाल्नुपर्छ । यसका लागि तपाईंले राजदूतावासमा गई वैध भिसाको फोटोकपी, हराएको पासपोर्टको फोटोकपी तथा नेपाली नागरिकता प्रमाणपत्र र यसअघि पासपोर्ट हराएको भनी प्रहरीले दिएको पत्रसहित आवश्यक फाराम भर्नुपर्छ ।

योसँगै तपाईंले वयस्कको हकमा ४६० अष्ट्रेलियन डलर र नाबालिगको हकमा २३० अष्ट्रेलियन डलर तिर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले नयाँ पासपोर्ट पाउने प्रक्रिया शुरु हुन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ८ : ४४ बजे

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा