जिपी कोइराला उपचार केन्द्रको निर्माण कार्य छिट्टै : उपप्रधानमन्त्री यादव « Khabarhub

जिपी कोइराला उपचार केन्द्रको निर्माण कार्य छिट्टै : उपप्रधानमन्त्री यादव


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तनहुँ– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको निर्माण कार्य छिट्टै शुरु गरिने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित उपचार केन्द्रको आज निरीक्षण गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपचार केन्द्रलाई अन्तरराष्ट्रियस्तरको बनाइने बताए ।

पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको उपचार केन्द्रको निर्माणमा ढिलाइ भएको भन्दै मन्त्री यादवले यसलाई गम्भीररुपमा लिएर निर्माण कार्य अगाडि बढाउन सरकार दृढ रहेको प्रतिबद्धता जनाए ।

उनले भने“उपचार केन्द्रलाई अन्तरराष्ट्रियस्तरको बनाउनका लागि सहयोगी दाताको खोजी भइरहेको छ । सहयोगका लागि दातासँग कुरा पनि भएको छ । भारत सरकारले यसमा चासो देखाइरहेको छ ।”

उपप्रधानमन्त्री यादवले भौगोलिकलगायत सबै हिसाबले उपचार केन्द्र निर्माण उपयुक्त ठाउँमा रहेको बताए । सरकारले यस वर्ष उपचार केन्द्रको पूर्वाधार विकासको काम गर्नका लागि बजेटको व्यवस्था गरेको सो अवसरमा उनले जानकारी दिए ।

केन्द्रका सञ्चालक समितिका सदस्य राम भण्डारीले उपचार केन्द्रका समस्याका बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए । बेलचौतारामा करीब ७०० रोपनी जग्गामा निर्माण हुने केन्द्रको गुरुयोजनाको काम यसै वर्ष शुरु हुने भण्डारीले बताए ।

स्थानीय बुद्धिजीवी प्रा डा बुद्धिबहादुर थापाले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र निर्माणमा ढिलाइ नगर्न मन्त्री यादवको ध्यानाकर्षण गराए ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्मानमा विसं २०६७ मा उपचार केन्द्र स्थापना गर्ने निर्णय भएको थियो । स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनदेखि गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ९ : ४० बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका