मुलुकभर चट्टयांङसहित मध्यम वर्षाको सम्भावना, काठमाडौंमा बिहानैबाट झरी « Khabarhub

मुलुकभर चट्टयांङसहित मध्यम वर्षाको सम्भावना, काठमाडौंमा बिहानैबाट झरी


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण आज मुलुकभर सामान्यदेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि झरी परेको छ । यो क्रम दिउँसोसम्म जारी रहने महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा हुँदा र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ हुनुका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित भएकाले देशभर सामान्य बर्षा हुने महाशाखाले जनाएको हो ।

बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेकोले पनि केहि दिन नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भाना रहेको महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पूर्वी भु–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आजको मौसम

दिउँसोः

देशभरी सामान्य बदली रही मध्य र पूर्वी भूभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङ सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः

देशभरी सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पूर्वका धेरै स्थानहरुमा साथै पश्चिमका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०१ गते (बुधबार)

दिउँसोः
देशभरी सामान्य बदली रही मध्य भूभागका धेरै स्थानमा र देशका बाँकी भू–भागहका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः
देशभर पूर्ण बदली रही मध्य तथा पुर्वका धेरै स्थानहरुमा र पश्चिमका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहित मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ४१ बजे

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको