मौसमको खराबीले हवाइसेवा अवरुद्ध, पर्यटक र यात्रु समस्यामा « Khabarhub

मौसमको खराबीले हवाइसेवा अवरुद्ध, पर्यटक र यात्रु समस्यामा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तीन दिनदेखि लगातार मौसममा आएको खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका छन् ।

पर्यटकीय सिजन शुरु भएका बेला दैनिकजसो दुई दर्जन बढी उडान हुने लुक्लामा मौसम खराबीका कारण सबै उडान अवरुद्ध भएपछि पर्यटकको आवत–जावतमा समस्या परेको छ ।

शनिबार २५ वटा उडान रहेकोमा पाँचवटा उडान मात्र भएको र सोमबार र मङ्गलबार कुनै पनि उडान नभएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका हवाई उडान अधिकृत अरुण कर्णले जानकारी दिए ।

हवाई उडान अवरुद्ध भएपछि लुक्ला र काठमाडौँबाट आउने र जाने दुवैतिरका यात्रु अलपत्र बनेका हुन् ।

पर्यटकीय सिजन शुरु भएसँगै लुक्लामा दैनिक २५ भन्दा बढी उडान तय भएकोमा मौसममा सुधार नआउँदा उडान ठप्प भएको छ भने लुक्ला नजिक रहेको सुर्केबाट केही हेलिकोप्टरले उडान गरेको अधिकृत कर्णले बताए । यात्रुहरू मौसममा सुधार आउला र यात्रा गर्न पाइएला भनेर विमान कुरेर बसिरहेको पनि उनले जानकारी दिए ।

लगातार बाक्लो कुहिरो र वर्षाका कारण सीता एयर, समिट र तारा एयरलाइन्सका नियमित तथा निर्धारण नगरिएका (नन–सेड्युल) उडान हुन नसकेका हुन् ।
बाक्लो कुहिरोका कारण भीजीबीलीटी अत्यन्त न्यून रहेकाले हवाइजहाज तथा हेलिकोप्टर कुनै पनि उडान तथा अवतरण हुन नसकेको हो । विमानस्थल वरपरको भीजीबीलीटी ५० मिटरभन्दा तल रहेको छ, जसलाई उडान क्षेत्रमा शून्य मानिन्छ ।

त्यस्तै, सदरमुकामको फाप्लु विमानस्थलमा पनि तीन दिनदेखि कुनै उडान नभएको नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए।

फाप्लुमा पनि तारा, सीता र समिट एयरले उडान गर्ने गरेका छन् । उडान अवरुद्ध हुँदा कतिपय यात्रु उडानको पर्खाइमा रहेका छन् भने कतिपयले सडक मार्गबाट गन्तव्य तय गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : ३५ बजे

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको