कोशी नदीमा पानीको सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

कोशी नदीमा पानीको सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी नदीमा पानीको सतह बढ्दै गएपछि तटीय क्षेत्रमा बाढी र डुवानको खतरा बढेको छ ।

बाढी पूर्वानुमान शाखाका अनुसार मंगलबार बिहानसम्म कोशी नदीको जलसतहले सतर्कता तह पार गरेको छ ।

सप्तकोशी नदीमा पानीको शतहले समान्यभन्दा बढेर ६.२२ मिटर पुगेको शाखाले जनाएको छ । कोशी नदीमा पानीको शतह ६ मिटरभन्दा माथी पुगेमा सतर्कता तह पार गरेको मानिन्छ ।

पानीको सतहले ७ मिटर पार गरेमा खतरापूर्ण मानिन्छ ।

शाखाका अनुसार कोशी नदीको चतरामा जलसतहले सतर्कता पार गरिसकेको छ । चतरा क्षेत्रमा जल सतह बढ्दा सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा डुवान तथा बाढीको खतरा बढेको शाखाले जनाएको छ ।

शाखाका अनुसार पहाडी क्षेत्रमा वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको सतह अझै बढ्ने संभावना छ । बाढी पूर्वानुमान शाखाले मंगलबार बेलुकीसम्म उच्च सतर्कता अपनाउन कोशी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ११ : ०३ बजे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु