फेरियो चेतनाको स्तर– उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री « Khabarhub

फेरियो चेतनाको स्तर– उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दीपायल– कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका डोटीका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन् । आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका डोटीको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका डम्मर विष्टले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय तथा नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल राजपुर व्यारेकले सुदूरपश्चिमेली जनतालाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यहाँका विभिन्न क्षेत्रमा सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविरमा प्रायःजसो धामीझाँक्री उपचार तथा जाँच गराउन आउन थालेका छन् ।

पछिल्लो समय विभिन्न किसिमका रोग देखा पर्न थालेका र देउताकै भर पर्दा ज्यान नै खतरामा पर्ने भएकाले आफूहरुले बिरामीलाई अस्पताल तथा चिकित्सककहाँ पठाउने गरेको बोगटान फुड्सिल गाउँपालिका–५ भतालीका धामी देवबहादुर बोहराले बताए ।

उनले भने, ‘सुदूरपश्चिममा धामी तथा देउताप्रति आस्था र विश्वास नभएको चाहिँ होइन, स्थानीयवासीले विश्वास गर्छन्, तर सबै बिरामी देउताले निको पार्न नसक्ने भएकाले बिरामीको अवस्था र उसलाई लागेको रोगबारे बुझेर हामी अस्पताल जाने सल्लाह दिने गर्छौँ ।’

बिरामी उपचार गराउन अस्पताल तथा चिकित्सक खोज्न थालेपछि सुदूरपश्चिमका अधिकांश धामीझाँक्रीको आम्दानी शून्य हुन थालेको दिपायलका कलकबहादुर खत्रीले बताए ।

डोटीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा विगत समयमा मानिस सामान्य बिरामी पर्दा पनि धामीझाँक्रीकहाँ धाउने चलन थियो । अहिले उक्त चलन क्रमिकरूपमा हट्न थालेको छ ।

यहाँका धामीझाँक्रीले ठूलो रोगबाहेक अन्य केही मसान, पिचास, बोक्सी लागेको भने निको पर्ने गरेको पिपल्लाका पदम दासले बताए । यसरी मसान, पिचास, बोक्सी लागेको छुटाउन यहाँका धामीझाँक्रीले बोका, कुखुरा, राँगा तथा हासको बलि दिने चलन छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ११ : २० बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक