संविधान दिवसको अवसरमा सरकारी अस्पतालको ओपीडी टिकट नि:शुल्क | Khabarhub Khabarhub

संविधान दिवसको अवसरमा सरकारी अस्पतालको ओपीडी टिकट नि:शुल्क


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान दिवसको अवसरमा सरकारी अस्पतालको बहिरंग (ओपीडी) सेवाको टिकट नि:शुल्क हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संविधान दिवसको पूर्वसंध्यामा असोज २ गतेको ओपीडी सेवाको टिकट निशुल्क गर्न मातहतका निकायमा सर्कुलर जारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयले आफू मातहतमा सञ्चालित अर्थात संघीय (केन्द्र) सरकार मातहत सञ्चालित सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी सेवाको टिकट नि:शुल्क गर्ने भएको हो ।

संघीय संरचना अनुसार संघ मातहतमा २० वटा अस्पतालहरु रहेका छन् ।

यी अस्पतालमा असोज २ गते नि:शुल्क रुफमा ओपीडीको टिकट पाइनेछ,

– वीर अस्पताल, काठमाडौं

– कान्ति बाल अस्पताल, काठमाडौं

– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं

– मानसिक अस्पताल, ललितपुर

– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, काठमाडौं

– आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाडौं

– पशुपति होमियोप्याथी चिकित्सालय तथा यूनानी औषधालय, ललितपुर

–  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर

– राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं

–  कोशी अस्पताल, बिराटनगर

– नारायणी अस्पताल, पर्सा

– भरतपुर अस्पताल, चितवन

– भेरी अस्पताल, बाँके

– डडेलधुरा अस्पताल, डडेल्धुरा

–  शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौं

–  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवन

– जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ

– सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके

– नेपाल आँखा अस्पताल, काठमाडौं

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : ४५ बजे

महाकाली सामुदायिक वनले आयमूलक कार्यक्रममा लगानी बढाउँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिका-६ वञ्जरियास्थित महाकाली सामुदायिक वनले वन पैदावारको आम्दानीलाई

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक