३८५ रुपैयाँमा शहीद परिवारलाई ७ लाखको बीमा सुविधा « Khabarhub

३८५ रुपैयाँमा शहीद परिवारलाई ७ लाखको बीमा सुविधा


३१ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीमा समितिले शहीद परिवारलाई ३ सय ८५ रुपँयौमा ७ लाखको बीमा गर्ने सुविधा दिने भएको छ ।

बीमा समितिले बीमा कम्पनीलाई शहीद परिवारलाई ‘दुर्घटना बीमा स्किम’मा छुटसहित थोरै प्रिमियम तिर्नुपर्ने योजना ल्याउन निर्देशन दिएको छ ।

असोज ३ गते संविधान दिवसका अवसरमा शहीद परिवारलाई ३ सय ८५ रुपँयौमा ७ लाखको बीमाका लागि तयारी गर्ने समितिले अपिल गरेको छ ।

अर्थ मन्त्रालयमा गत भदौ १८ गते बसेको बैठकले संविधान दिवसका अवसरमा बैंक तथा वित्तीय क्षेत्रले कुनै न कुनै नयाँ स्किम ल्याउनुपर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको सोही निर्णयअनुसार बीमा कम्पनीको सहभागितामा शहीद परिवारलाई दुर्घटना बीमामा सहुलियत कार्यक्रम ल्याएको समितिले जनाएको छ ।

गृह मन्त्रालयको तंथ्याकमा १५ हजार शहीद परिवार छन् । ती शहीद परिवारले सरकारले दिएको परिचयपत्र सम्बन्धी बीमा कम्पनीमा पेश गरेर सरकारले दिएको यो सुविधा लिन पाउँनेछन् ।

प्रकाशित मिति : ३१ भदौ २०७६, मंगलबार  १२ : ५१ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी