सहकारीको सेफ चोरी गर्ने २ जना पक्राउ | Khabarhub Khabarhub

सहकारीको सेफ चोरी गर्ने २ जना पक्राउ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्रका सहकारी संस्थामा भइरहेका चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित सहकारीको कार्यालयमा रहेका सेफ फोडेर नगद धनमाल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका १८ वर्षीय सुनिल थापा मगर र दोरम्बा गाउँपालिकाकै वडा नम्बर ७ घर भएका २१ वर्षीय दान बहादुर थापामगर छन् ।

उनीहरुको साथबाट काठमाडौंको पेप्सीकोला टाउनप्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थाको मूल ढोका फोडी चोरी गरिएको सेफ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हर्षित ऋण तथा सहकारी संस्थाको सेफ फोडेर ७ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ चोरी भएको थियो । साथै सेफमा रहेका विभिन्न व्यक्तिका महत्वपूर्ण कागजात पनि चोरी भएका प्रहरीको भनाइ छ ।

प्रहरीले भने २ जनाको साथबाट सेफसहित सेफ फोड्न प्रयोग भएको फलामको औजार र नगद ५३ हजार रुपैयाँ बरामद भएको जनाएको छ ।

पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १ : ३२ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप