सहकारीको सेफ चोरी गर्ने २ जना पक्राउ « Khabarhub

सहकारीको सेफ चोरी गर्ने २ जना पक्राउ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्रका सहकारी संस्थामा भइरहेका चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित सहकारीको कार्यालयमा रहेका सेफ फोडेर नगद धनमाल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका १८ वर्षीय सुनिल थापा मगर र दोरम्बा गाउँपालिकाकै वडा नम्बर ७ घर भएका २१ वर्षीय दान बहादुर थापामगर छन् ।

उनीहरुको साथबाट काठमाडौंको पेप्सीकोला टाउनप्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थाको मूल ढोका फोडी चोरी गरिएको सेफ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हर्षित ऋण तथा सहकारी संस्थाको सेफ फोडेर ७ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ चोरी भएको थियो । साथै सेफमा रहेका विभिन्न व्यक्तिका महत्वपूर्ण कागजात पनि चोरी भएका प्रहरीको भनाइ छ ।

प्रहरीले भने २ जनाको साथबाट सेफसहित सेफ फोड्न प्रयोग भएको फलामको औजार र नगद ५३ हजार रुपैयाँ बरामद भएको जनाएको छ ।

पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १ : ३२ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक