ईपीएलको ग्लोबल ब्रोड्कास्ट पार्टनरमा भारतीय कम्पनी डिस्पोर्ट | Khabarhub Khabarhub

ईपीएलको ग्लोबल ब्रोड्कास्ट पार्टनरमा भारतीय कम्पनी डिस्पोर्ट


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–२० फ्रेन्चाइज प्रतियोगितासँग ग्लोबल ब्रोडकास्टका रुपमा रहेको भारतीय च्यानल डिस्पोर्ट (डिस्कोभरी च्यानल) जोडिएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इपीएलले डिस्पोर्टसँग ३ बर्षका लागि सम्झौता गरेको इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले बताएका छन् ।

ईपीएलका तर्फबाट अख्तर र डिस्पोर्टका तर्फबाट सिईओ दिलीप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । घरेलु लिगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित ग्लोबल ब्राड्कास्टका रुपमा डिस्पोर्टसँग सम्झौता गरिएको अख्तरले बताए ।

डिस्पोर्टले बंगलादेश प्रिमियर लिग (बीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) लगायतका फ्रेन्चाईज प्रतियोगितासँग आबद्ध रहेर प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।

१३ दिनसम्म चल्ने ईपीएल फागुन १७ देखि चैत १ गते सम्म सञ्चालन हुनेछ । यसअघि ईपीएल मंसिरदेखि पुसमा हुँदै आएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ३ : ५७ बजे

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको