ईपीएलको ग्लोबल ब्रोड्कास्ट पार्टनरमा भारतीय कम्पनी डिस्पोर्ट « Khabarhub

ईपीएलको ग्लोबल ब्रोड्कास्ट पार्टनरमा भारतीय कम्पनी डिस्पोर्ट


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–२० फ्रेन्चाइज प्रतियोगितासँग ग्लोबल ब्रोडकास्टका रुपमा रहेको भारतीय च्यानल डिस्पोर्ट (डिस्कोभरी च्यानल) जोडिएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इपीएलले डिस्पोर्टसँग ३ बर्षका लागि सम्झौता गरेको इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले बताएका छन् ।

ईपीएलका तर्फबाट अख्तर र डिस्पोर्टका तर्फबाट सिईओ दिलीप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । घरेलु लिगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित ग्लोबल ब्राड्कास्टका रुपमा डिस्पोर्टसँग सम्झौता गरिएको अख्तरले बताए ।

डिस्पोर्टले बंगलादेश प्रिमियर लिग (बीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) लगायतका फ्रेन्चाईज प्रतियोगितासँग आबद्ध रहेर प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।

१३ दिनसम्म चल्ने ईपीएल फागुन १७ देखि चैत १ गते सम्म सञ्चालन हुनेछ । यसअघि ईपीएल मंसिरदेखि पुसमा हुँदै आएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ३ : ५७ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको