विदेशी पाहुनाले भने– काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या रहेछ ! « Khabarhub

विदेशी पाहुनाले भने– काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या रहेछ !


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको निमन्त्रणमा इन्द्रजात्रा अवलोकनका लागि आएका विदेशी पाहुनाहरुले काठमाडौं नगर क्षेत्रको आन्तरिक फोहोर व्यवस्थापनको समस्याप्रति चिन्ता व्यक्त गरेका छन् । ऐतिहासिक शहर काठमाडौंमा आन्तरिक फोहोर व्यवस्थापनको विषय समस्याको रुपमा देखा पर्नु चिन्ताको विषय भएको उनीहरुको भनाइ थियो ।

इन्द्र जात्राको अवलोकनपछि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसँगको शिस्टाचार भेटवार्ताका क्रममा विदेशी पाहुनाहरुले यहाँको आन्तरिक फोहोर व्यवस्थापनको समस्याबारे चासो र चिन्ता व्यक्त गरेका हुन् ।

यस वर्षको इन्द्र जात्रा अवलोकनका लागि छिमेकी राष्ट्र भारत तथा चीनसहित भुटान, जापान र अमेरिकाका विभिन्न नगरका प्रमुख तथा प्रतिनिधिहरु काठमाडौं आएका थिए ।

इन्द्रजात्राको अवलोकन गर्न आएका विदेशी पाहुनासँगको भेटका क्रममा काठमाडौंका मेयर शाक्यले इन्द्रजात्रासँगै काठमाडौंमा भएका जीवन्त सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिएका थिए । काठमाडौंको साँस्कृतिक सम्पदाका बारेमा आफ्ना नागरिकलाई सुनाउन समेत मेयर शाक्यको आग्रह थियो ।

ल्हासाले २ वटा फोहोर कम्प्याक्टर दिने

भेटका क्रममा चीनको ल्हासाका मेयर गुहेओ गुहेओले इन्द्रजात्रा पर्व अलौकिक रहेको बताए । अवलोकन पछि उनले काठमाडौंमा घरेलु फोहोर व्यवस्थापनमा अझै समस्या रहेको बताए ।

‘काठमाडौं र ल्हासाको भगिनी सम्बन्ध स्थापना भएको १० वर्ष भएको छ । यसबीचमा हामीले धेरै क्षेत्रमा सहकार्य गरेका छौं,’ ल्हासाका मेयर गुहेओले भने, ‘काठमाडौंमा घरेलु फोहोर व्यवस्थापनको समस्या समाधान गर्न ल्हासा नगरको तर्फबाट २ बटा फोहोर कम्प्याक्टर सवारी उपलब्ध गराउँछौं ।’

यस्तै, अमेरिकाको भर्जिनियाँ राज्यअन्तर्गतको सिटी अफ फेडरिकबर्गले शहरी विकास र शैक्षिक अनुभव आदानप्रदानका लागि काठमाडौं महानगरसँग समन्वयको प्रस्ताव राखेको छ ।

फेडरिकबर्गकी प्रमुख म्यारी क्याथरिन ग्रीनलले पत्र लेख्दै अनुसन्धानमा आधारित सहरी बिकास र शैक्षिक आदानप्रदानमा दुई नगरबीच साझेदारिताको सम्भावना रहेको बताइन्

अमेरिकाको सिटी अफ फेडरिकबर्ग (नगरपालिका) बाट उपप्रमुखसहितको टोली इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं आइपुगेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : १५ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका