विमानस्थलमा यात्रुको सामान हराए सम्बन्धित विमानले क्षतिपूर्ति तिर्नुपर्ने | Khabarhub Khabarhub

विमानस्थलमा यात्रुको सामान हराए सम्बन्धित विमानले क्षतिपूर्ति तिर्नुपर्ने


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई लक्षित गरी विमानस्थलको सुरक्षा व्यवस्थापनको कामलाई तीव्रता दिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा निकायका प्रमुख डिआईजी सूर्यप्रसाद उपाध्यायले विमानस्थलको सुरक्षाको उचित व्यवस्थापनको काममा तीव्रता दिइएको जानकारी दिए ।

उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ समेत ध्यानमा राखेर सो विमानस्थलको सुरक्षाका लागि थप सय वटा सिसीटिभी क्यामेरा समेत जडान गर्न लागिएको जानकारी दिए ।

हाल सो विमानस्थलमा ३ सय ४५ वटा सिसीटिभी क्यामेर जडान गरिएको छ । त्यसमा सय वटा थप गरेर विमानस्थलको सुरक्षा व्यवस्थालाई थप भरपर्दो बनाउन लागिएको डिआईजी उपाध्यायले बताए । विमानस्थलको सुरक्षाका लागि हाल सय वटा सिसीटिभी क्यामेर जडानको काम भइरहेको छ ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ मा कुनै प्रतिकूल असर नपरोस् भनेर पनि सो विमानस्थलको सुरक्षाका लागि आवश्यक प्रविधि जडानको कामलाई प्राथमिकता दिइएको पनि विमानस्थलले जनाएको छ ।

डीआईजी उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि समान नहराउने भरपर्दो व्यवस्था गरिएको पनि दावी गरे । सबै ब्यागेजहरु सीसीटिभी क्यामेराको निगरानीमा राखेर यात्रुलाई दिने काम गरिएको पनि विमानस्थलको दावी छ ।

डीआईजी उपाध्यायले एयरलाइन्सहरुले कुनै पनि यात्रुको सामान हराए सम्बन्धित एयरलाइन्सबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था गरिएको पनि बताए ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले सो विमानस्थलको व्यवस्थापनका लागि सम्बन्धित सबै निकायसँग आवश्यक समन्वयको कामलाई पनि प्राथमिकता दिइएको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ३५ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने