इटहरीस्थित नेकपा प्रदेश कार्यालयमा कार्यकर्ताले लगाए ताला « Khabarhub

इटहरीस्थित नेकपा प्रदेश कार्यालयमा कार्यकर्ताले लगाए ताला


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरीस्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कार्यालयमा नेकपाकै स्थानीय नेताले तालाबन्दी गरेका छन् ।

नगर कमिटी गठनमा विवाद भएपछि असन्तुष्ट समूहले मंगलबार इटहरीस्थित प्रदेश कार्यालय तालाबन्दी गरेका हुन् ।

नगर कमिटी गठनको विषयलाई लिएर लामो समयदेखि इटहरीमा विवाद उत्पन्न हुँदै आएको थियो । विवादकै बीच झण्डै तीन साताअघि पनि सोही समूहले इटहरी नगर पार्टी कार्यालयमा पनि तालाबन्दी गरेको थियो।

विवाद समाधान गर्न पटक–पटक छलफल गनै बैठक बसेपछि सहमति जुट्न सकेको थिएन । तालबन्दी गर्ने समूहले पार्टीको विधान मिचेर नगर कमिटी बनाइएको आरोप लगाएको छ । गठन गरिएको नगर कमिटी पुनर्गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

लामो समय खोटाङमा राजनीति गरेर केही वर्षअघि इटहरी आएका काशीनाथ दंगाललाई नगर कमिटी सचिव बनाएको भन्दै नेकपाको एउटा समूह असन्तुष्ट बनेको छ । दंगाललाई नेकपा नेता भीम आचार्यको निर्देशनमा नगर सचिवको आरोप उक्त समूहको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : १३ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका