कर्मचारी सञ्चय कोषमा ३ खर्ब ९ अर्ब रकम जम्मा « Khabarhub

कर्मचारी सञ्चय कोषमा ३ खर्ब ९ अर्ब रकम जम्मा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी सञ्चय कोषमा जम्मा भएको रकम ३ खर्ब ९ अर्ब ८५ करोड पुगेको छ ।

कर्मचारी सञ्चय कोषले आफ्नो स्थापनाको ५८औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो ।

त्यसमध्ये ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको पनि कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए ।

कोषले गत साउन महिनासम्ममा ३१ अर्ब ४५ करोड जगेडा रकम रहेको पनि जनाएको छ । कोषले जगेडा रकमलाई मुलुकको पूर्वाधार, उर्जा र आवास निर्माण कार्यक्रममा लगानी गर्ने तयारी गरेको छ ।

प्रशासक गौतमले मुलुकलाई समृद्ध बनाउने अभियानमा जगेडा रकम परिचालन गर्न लागिएको बताए । त्यसका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने कोषको योजना छ ।

कर्मचारी सञ्चय कोषमा हाल सरकारी र निजी क्षेत्र गरी ६ लाख सञ्चयकर्ता रहेका छन । उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत सामान्य रोग लागेमा एक लाख तथा घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च दिने गरी स्वास्थ्य बिमा सेवा पनि सञ्चालन गरिएको कोषका प्रशासक गौतमले जानकारी दिए ।

त्यसैगरी कोषले सञ्चयकर्ताहरुलाई आफ्नो सेवाकालमै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएमा दुई लाख रुपैयाँ दिने, काजक्रिया खर्च बापत ४० हजार रुपैयाँ दिने व्यवस्था गरिएको पनि जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ४७ बजे

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै

जनकपुरधाम– लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सुनसान हुलाक कसरी बन्यो सर्वत्र खोजीको निकाय ?

सरकारको १०० दिने कार्यसूचीमा परेसँगै वर्षौंदेखि ओझेलमा परेको हुलाक सेवा

विश्वकप फाइनल: स्पेन बलियो भएको सुपरकम्प्युटरको अनुमान, उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना

न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज– खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि