धरानबाट दश जना विचौलिया पक्राउ « Khabarhub

धरानबाट दश जना विचौलिया पक्राउ


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई पक्राउ गरिएको छ ।  
    
प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेले गए राति विशेष सूचनाका आधारमा   पक्राउ गरेको जानकारी दिए । 

प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले त्यस्ता गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरेको  थेबेले बताए।

सप्तरीका अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ रञ्जितकुमार चौधरी, सप्तरीको राजविराज नगरपालिका–६ का रविना मण्डल, भोजपुरका  हस्त श्रेष्ठ, सुनसरीको धरान उपमहानगरपालिका–१५ का सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ का साबिन किराँती, धरान उपमहानगरपालिका–६ का  मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का  उमेशकुमार चौधरी, धरान उपमहानगरपालिका–१७ का  धिरोज निरौला, सुनसरीको इनरुवा नगरपालिका–२ का  रोहित मेहता र धरान उपमहानगरपालिका–११ का विनोद भट्टराई रहेका छन् ।

गत २२ गते झापाको दमक नगरपालिका–१ कुमाल चोकका प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ का २७  दीपकरामलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
    
यही असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालभित्र हुने विचौलिया गतिविधि, अनियमितता र बिरामीमाथिको ठगी नियन्त्रण गर्न प्रतिष्ठानका सम्बन्धित निकाय र पदाधिकारीहरूलाई निर्देशन दिएका थिए ।
 

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ५ : १५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको