राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार : परराष्ट्रमन्त्री ज्ञवाली


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाएको बताएका छन् ।

मन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढ्ने मुलुकको परराष्ट्र नीति रहेको पनि स्मरण गराए ।

पूर्व सांसद मञ्च, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भारत र चीन दुवै छिमेकसँगको सम्बन्धलाई अझ प्रगाढ बनाइएको दावी गरे ।

मन्त्री ज्ञवालीले विश्व शान्ति, न्याय र समृद्धि नेपालले चाहेकाले सोही अनुसारको अन्तर्राष्ट्रिय सम्बन्धको विकासमा जोड दिएको बताए । उनले मुलुकको समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : २४ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५