‘छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव’ « Khabarhub

‘छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव’


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताए ।

बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उनले वर्तमान समयमा सङ्घीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धरासायी हुँदै गएकाले शिक्षा क्षेत्रमा फड्को मार्नका लागि सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राउतले आजको आवश्यकता प्राविधिक शिक्षा रहेकाले प्रदेशलाई नै प्राविधिक शिक्षाको हब बनाउने दिशामा प्रदेश सरकार अग्रसर रहेको प्रतिबद्धता व्यक्त गर्दै प्रदेश सरकारले ल्याएको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमले यहाँका महिलामा शैक्षिक क्रान्ति ल्याउने दाबी गरे । ‘छोरीलाई अभिशाप नभई बरदानको रुपमा बुझ्नु पर्छ’, उनले भने, ‘छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव हुन्छ ।’

यसैबीच ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत एकैदिन महोत्तरीका पिपरा गाउँपालिका, जलेश्वर नगरपालिका र एकडारा गाउँपालिका गरी चार विद्यालयमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा जिल्लाको पिपरा गाउँपालिकाको श्री मावि सहोडबामा ३३, रामनारायण अयोध्या मावि पिपरामा ९५, जलेश्वर नपाको प्रकौली माविमा ६८ र एकडारा माविमा ७६ गरी कक्षा ८ मा अध्यनरत कूल २७२ छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

साइकल वितरण कार्यक्रममा पूर्वमन्त्री एव समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण यादव, केन्द्रीय सदस्य रवीन्द्र ठाकुर, प्रदेश सरकारका समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, समाजवादी पार्टी महोत्तरीका अध्यक्ष नागेन्द्र यादवसहितको सहभागिता थियो।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : ३५ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको