तेह्र हजार मतदाता उपनिर्वाचनमा सहभागी हुँदै « Khabarhub

तेह्र हजार मतदाता उपनिर्वाचनमा सहभागी हुँदै


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । कार्यालयका प्रमुख हरि ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा उपनिर्वाचन हुँदैछ ।

निर्वाचनका लागि कार्यालयले मतदाता नामावलीको अन्तिम रुप दिएको हो । जसअनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।

भरतपुर महानगरपािलका–१६ मा विसं २०७६ असोज ७ गते १८ वर्ष पूरा भएका र खैरहनी नगरपालिकाका मतदाताको हकमा साउन १६ गते १८ वर्ष पूरा भएकाले मात्र मतदान गर्न पाउनेछन् । ती वडामा वडाध्यक्षको निधनपछि पुनः मतदान हुनलागेको हो ।

ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा तीन मतदानस्थलमा १० केन्द्र रहनेछन् भने खैरहनी नगरपालिका–४ मा दुई स्थानमा तीन केन्द्र र ५ मा एक स्थानमा दुई केन्द्र रहनेछन् । निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षाकर्मीबाहेक १३५ कर्मचारी खटिने उहाँले जानकारी दिनुभयो । ६० स्वयंसेवक मतदानस्थलमा नै नियुक्ति हुनेछन् भने ७५ कर्मचारी कार्यालयले खटाउने तयारी गरेको छ ।

विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्षको निधनपछि पुनः निर्वाचन प्रक्रियामा जानुपरेको हो । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको विसं २०७६ असोज ४ गते क्यान्सर रोगका कारण निधन भएको थियो भने खैरहनी नगरपालिका–४ र ५ का वडाध्यक्ष क्रमशः नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको विसं २०७४ फागुन ७ गते दुर्घटनामा परी मृत्यु भएको थियो ।

अहिले निर्वाचन हुन लागेका वडामा खैरहनीका दुई वडा काङ्ग्रेस र भरतपुर महानगरको वडा नं १६ को वडाध्यक्षमा तत्कालीन नेकपा एमाले विजयी भएको थियो । तीनै वडाका लागि नेपाली काङ्ग्रेसले उम्मेदवार तय गरिसकेको छ भने नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाउने तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ११ : ४३ बजे

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण