नेपाल एसिया प्रशान्त क्षेत्रमा धेरै पर्यटक भित्र्याउने देशको सूचीमा « Khabarhub

नेपाल एसिया प्रशान्त क्षेत्रमा धेरै पर्यटक भित्र्याउने देशको सूचीमा


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एसिया प्रशान्त क्षेत्रमा धेरै पर्यटक भित्र्याउने देशकी सूचीभित्र परेको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आवागमनसम्बन्धी अध्ययनमा सन् २०१८ मा पर्यटक आगमन वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो ।

पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । जसमध्ये नेपालमा पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशतले भएको जनाइएको छ ।

नेपालपछि दोस्रोस्थानमा टर्की छ । टर्कीमा पर्यटकको आवागमन दर २१.८ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर छ । यो तथ्यांक नेपालका लागि अहिलेसम्मकै उच्च हो ।

त्यस्तै सन् २०१७ को तुलनामा ७.३ प्रतिशतले बढी पनि हो । प्रतिवेदनमा समेटिएका देशमध्ये २४ प्रतिशत देशको वृद्धिदर १० प्रतिशतभन्दा माथि छ ।

६५ प्रतिशत देशको भने पाँच प्रतिशतभन्दा माथि वृद्धिदर रहेको उल्लेख छ । नेपाल सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएका थिए ।

यो नेपालले १० लाख पर्यटक भित्राउने योजनाअघि सारेको थियो भने, सोहीअनुसार लक्ष्य पूरा गरेको पाटाको अध्ययनमा भनिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १२ : ५६ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य