चिनियाँ राष्ट्रपतिले नेकपाको आलोचना गरेको हो कि जस्तो लाग्यो– प्रचण्ड | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिले नेकपाको आलोचना गरेको हो कि जस्तो लाग्यो– प्रचण्ड


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने बताएका छन् ।

नेकपा चितवनले विहिवार विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तनमा कहीँकतैबाट खतरा नभई हामी आफैँबाट खतरा हुनसक्ने बताए ।

सत्तरी वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको भन्दै उनले भने “हामी बिग्रियौं भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन सजिलै सोभियत सङ्घ जस्तै खतरा हुन्छ ।”

पछिल्लो समय आफू सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै प्रचण्डले भने, “कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन तर हामी आफैँले ल्याएको परिवर्तनप्रति त्यसको रक्षा, कार्यान्वयन गर्नेप्रति हामी कति गम्भीर छौँ ।” प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा अलि बढी हेलचेक्र्याइँ, लापरवाही या अलि बढी आत्मकेन्द्रित हुँदै त गएका छैनौँ उनले प्रश्न गरे ।

चिनियाँ राष्ट्रपतिले त्यहाँका कम्युनिष्ट नेता कार्यकर्ताको अनुशासनका बारेमा सुनाउँदा आफूलाई यहाँको अवस्था देख्दा अप्ठ्यारो महसुस भएको प्रचण्डको भनाइ थियो । नेपाल भ्रमणमा आएको बेला सीले नेकपाका सचिवालयका नेताहरुसँग छलफल गरेका थिए ।

त्यसक्रममा सीले हरेक निर्णय पार्टीबाट गरेर गर्ने गरेको, एउटा निर्णय गरेर अर्को काम नगरेको लगायतका अनुभव नेकपा नेतासँग बाँडेका थिए । उक्त छलफलको कुरा सुनाउँदै प्रचण्डले भने, पार्टीबाट गरेर निर्णय भएपछि नौ करोड पार्टी सदस्यले कार्यान्वयन गर्ने वातावरण बनाएका छौं । अनि, सिंगै पार्टी जनताको सेवामा खटिएको छ । यदि प्रत्येक पार्टी सदस्य जनताको सेवामा खट्ने वातावरण बनाउन नसकेको भए एक अर्ब ६० करोड जनतालाई खुसी, सन्तुष्ट बनाएर राख्न सम्भव थियो त ?’ भनेर सीले आफूहरुसँग भनेको प्रचण्डले सनाए ।

राष्ट्रपति सीले यसो भनिरहँदा आफूलाई नेकपाका नेता कार्यकर्तालाई तिमीहरु स्वार्थी छौं, अराजक छौं भने झै लागेको र आफूहरुलाई आलोचना गरेको जस्तो महसुस भएको प्रचण्डले बताए ।

‘मैले त्यहाँ केही भनिनँ, भन्नु कुरा पनि भएन त्यहाँ । तर हाम्रो त ८/९ लाख पार्टी सदस्यलाई नियन्त्रण गर्न नसकेर जसलाई जे मन लाग्यो त्यही गर्ने, जसलाई जे मन लाग्यो त्यही भन्ने भइराखेको छ । ३ करोड जनतालाई पनि खुसी पार्न हामीले सकेका छैनौं । उहाँले हामीलाई तिमीहरु अराजक छौं भनेको हो कि जस्तो लाग्यो ।’

तर सीले चीनबारे कुरा गर्दै गर्दा नेकपा सदस्यहरुको आलोचना गरेको हो कि जस्तो लागेको र नेकपाका नेता कार्यकर्तालाई तिमीहरु स्वार्थी छौं, अराजक छौं, तिमीहरु आफ्नो गुटको अनुशासन मान्छौ, पार्टी अनुशासन मान्दैनौं । पार्टीले निर्णय एउटा गर्छ, व्यवहार अर्कै गर्छौं भनेको जस्तो लागेको प्रचण्डले सुनाए ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ४ : ५३ बजे

प्रधानमन्त्रीले विपिनलाई श्रद्धाञ्जली दिँदै भनिन् : “विपिन हामी सबैका छोरा हुन्, कहिल्यै अस्ताउँदैनन्”

काठमाडौं- इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

एजेन्सी – वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन

दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति