उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारले गर्‍यो पुनः पत्राचार | Khabarhub Khabarhub

उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारले गर्‍यो पुनः पत्राचार


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा अबैध रुपमा लगानी गरि विभिन्न व्यसाय गरिरहेका उत्तरकोरीयाली लगानीकर्तालाई लगानी फिर्ता लैजान सरकारले पुनः पत्राचार गरेको छ ।

उद्योग विभागले लगानी फिर्ता लैजान यसअघि दुईपटक काठमाडौंस्थित उत्तर कोरियाली दूतावासका डीसीएम किम जोङसँग मौखिक सहमति गरेको थियो । तर, त्यसको पालना नभएपछि गत भदौ २४ गते एक महिने समयसीमा दिएर पत्र काटिएको थियो । सो पत्रको कार्यान्वन नभएपछि पुनः उद्योग विभागले पत्राचार गरेको हो ।

विभागका निर्देशक प्रेमप्रसाद लुईटेलले उत्तर कोरियाली व्यवसाय बन्द गर्न पुन पत्राचार गरेको जानकारी दिए ।

‘संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएका कारण हामीले पनि यहाँ रहेका उसका व्यवसाय बन्द गर्न परराष्ट्र मन्त्रालयमार्फत पुनः पत्राचार गरिसकेका छौं’ उनले भने,‘पत्र अनुसार उनीहरुले अक्टोबर मसान्तसम्म व्यवसाय बन्द वा बिक्री गरेर नेपाल छाड्नु पर्छ । ’

गत साउन १५ गते नै परराष्ट्र मन्त्रालयले उत्तर कोरियालीको लगानी रहेको व्यवसायक बन्द गर्न पत्राचार गरेको थियो ।

त्यसपछि उत्तरकोरियाली प्रतिनिधि र लगानीकर्ता राखेर छलफल विभागले छलफल गरेको थियो ।

सोही अनुरुप आगामी अक्टुबर मसान्तसम्मको समय सिमा तोकेर पुनः बन्द गर्न पत्राचार गरिएको छ ।

विभागका निर्देशक लुईटेललका अनुसार उत्तर कोरियालीको लगानीमा अहिले ९ वटा व्यवसाय सञ्चालनमा छन् ।

उत्तर कोरियाको नाममा रेष्टुरेन्ट दर्ता

उद्योग विभागको रेकर्ड अनुसार, हिमालय सोजे रेष्टुरेण्ट प्रालि २०७५ भदौ २० गते जु ओके ह्वाङ (Ju Ok Hwang) र इल ह्याङ काङ (IL Hyang Kang)को नाममा दर्ता भएको देखिन्छ । तर, रेष्टुरेण्ट काठमाडौंको लाजिम्पाटमा राख्ने भनेर दर्ता गरिएपनि ललितपुरको सानेपामा राखिएको छ ।

१ सय सिट क्षमता र २३ जना कामदार राख्ने भनेर दर्ता गरिएको यो रेष्टुरेण्टमा कामदारलाई भने अबैध रुपमा काम गराइएको पाइएको छ । उद्योग विभागको सूचीमा हेर्ने हो भने अहिले १०० प्रतिशत लगानिमा ५ वटा रेष्टुरेन्ट दर्ता भएको देखिन्छ ।

यस्तो छ दर्ता सूची

२०६४ असार २५ गते, Tong Min Ri को नाममा काठमाडौंको गोलढुंगामा चलाउने भन्दै १६ बेड ३२ सिट क्षमताको होटल एण्ड रेष्टुरेण्ट सर्भिस दर्ता

२०६४ साउन ३० गते, Young Ju Kim को नाममा २०० सिट क्षमताको रेष्टुरेण्ट सर्भिस दर्ता

२०७५ असार ८ गते, Hwang UN HA, Sin Yong IM र Ri Chang Nam को नाममा १५० सिट क्षेमताको बोतोङगाङ्ग रेष्टुरेण्ट एण्ड बार प्रा.लि. (Botonggang Restaurant and Bar pvt. ltd) दर्ता ।

२०७५ भदौ २० गते जु ओके ह्वाङ (Ju Ok Hwang) र इल ह्याङ काङ (IL Hyang Kang)को नाममा १ सय सिट क्षेमताको हिमालय सोजे रेष्टुरेण्ट प्रालि दर्ता

२०७५ असोज १५ गते,Jong Kum Yong, Pak Son Hui र Ho IL Ran को नाममा १ सय सिट क्षमताको मिनास रेष्टुरेण्ट एण्ड बार प्रा.लि. दर्ता

अमेरिकी अधिकारीहरुले नेपालमा बढ्दो उत्तर कोरियालीको उपस्थिति, लगानी र साइबर गतिबिधिले नेपाललाई अप्ठेरो पर्ने चेतावनी दिएका थिए ।

अमेरिकी संघीय जाँचबुझ ब्यूरो(एफबीआइ) ले एनआइसी बैंक ह्याकीङमा उत्तर कोरियाली संलग्नताको अनुसन्धनात्मक प्रमाणहरु अमेरिकी दूतावासका सुरक्षा अधिकारीमार्फत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई बुझाएको थियो ।

अमेरिकाले प्रमाण बुझाउँदा समेत सरकारले उत्तर कोरियालीलाई कडाइ गर्नुको सट्टा दुई साइबर कम्पनीको आबरणमा ह्याकरहरु बस्ने अनुमति दिएपछि अमेरिका रुष्ट बनेको थियो । संयुक्त राष्ट्रसंघ र अमेरिकाको चासोपछि हाल उत्तर कोरियालीका ३ वटा कम्पनीहरु बन्द भइसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा उत्तर कोरियाली सक्रियताको अन्तर्कथा

अन्तत: बन्द हुने भए नेपालमा सञ्चालित उत्तर कोरियाली अवैध व्यवसाय

अवैध बसोबास गरिरहेकाको भिसाम्याद थप्न उत्तरकोरियाली दूतावासको लबिङ

नेपालमा बसेर संसारभर निशाना बनाउँदै उत्तर कोरियाली ह्याकर

नेपालमा उत्तर कोरियाली ह्याकरको गतिविधिप्रति अमेरिकाको ध्यानाकर्षण

ललितपुरमा उत्तर कोरियाको दोस्रो ह्याकिङ अड्डा

रोकिएन नेपाली भूमिमा उत्तर कोरियाली अवैध धन्दा

नेपालमा उत्तर कोरियाली साइबर हमलाको खतरा !

नेपालस्थित उत्तर कोरियाली दूतावासलाई सवारी बिक्रीमा रोक, राजदूतकै कार खरिद रोकियो

 

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ५ : ३० बजे

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड