ट्रम्प र पुटिनलाई नेपालको भ्रमण गराउने सरकारको तयारी « Khabarhub

ट्रम्प र पुटिनलाई नेपालको भ्रमण गराउने सरकारको तयारी


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कठमाडौं – सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणका लागि सरकार प्रयासरत रहेको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले ट्रम्प र पुटिनलाई नेपालको भ्रमणमा आमन्त्रण गर्न सरकार प्रयासरत रहेको बताएका हुन् । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनको स्वागत र सुरक्षाका लागि नेपाल तम्तयार रहेको बताए ।

विश्वभरका नेतृत्वलाई नेपाल भ्रमण गराउने नीति अनुरुपम उनीहरुलाई सरकारले आमन्त्रण गर्न लागेको जानकारी दिए ।

‘शक्ति राष्ट्रहरुका राष्ट्र प्रमुखलाई भ्रमणमा ल्याउन हामी प्रयासरत छौं । यो हाम्रा लागि खुशीको कुरा पनि हो,’ अमेरिकी राष्ट्रपति ट्रम्पको नेपाल भ्रमणबारे भइरहेका प्रयासका बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै बाँस्कोटाले भने, ‘डेट कसैको तोक्न सक्दैनौं । यो आ–आफ्नो अनुकूलताको कुरा हुन्छ ।’

उनले सगरमाथा संवादमा विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई निमन्त्रणा दिने जानकारी दिँदै उनीहरु आएमा नेपालका लागि खुशीको कुरा हुने बताए ।

मन्त्री बाँस्कोटाले अमेरिकी या रुसी राष्ट्रपतिको नेपाल भ्रमणबारे औपचारिक निर्णय नभएको पनि स्पष्ट पारे । उनले हालै भएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हरेक हिसाबले ऐतिहासिक भएको बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ६ : ११ बजे

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण