काठमाडौँमा त्रिदेशीय कला प्रदर्शनी शुरु | Khabarhub Khabarhub

काठमाडौँमा त्रिदेशीय कला प्रदर्शनी शुरु


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँमा तीन देशका कलाकारको सहभागितामा आजदेखि कला प्रदर्शनी शुरु भएको छ ।

नेपाल, भारत र बङ्गलादेशका कलाकारको सहभागितामा शुरु भएको प्रदर्शनीमा विविध विषयका सिर्जनाहरु चार दिनसम्म प्रदर्शन गरिनेछ ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले कला प्रदर्शनीले देशदेशबीचको संस्कृतिको आदानप्रदानसँगै आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए ।

सोसाइटी अफ मोर्डन आर्टिष्ट नेपालको समन्वय तथा सर्व–भारतीय सङ्गीत संस्कृति प्रतिष्ठानको आयोजनामा शुरु भएको प्रदर्शनीमा कला संस्कृति, रहनसहन, दृष्यचित्र, ऐतिहासिक र पुरातात्विक क्षेत्रसँगै अमूर्त गरी झण्डै २०० चित्र समावेश भएको सोसाइटी अफ मोर्डन आर्टिष्ट नेपालका सचिव जीवनराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनीमा भारतका ७२, नेपालको १३ र बङ्गलादेशका चार कलाकारका चित्रहरु प्रदर्शनमा छन् ।

कला प्रदर्शनीको उद्घाटनका क्रममा प्राध्यापक डा वंशी श्रेष्ठ, भारतीय राजदूतावासका प्रतिनिधि डा अजय कुमार, सोसाइटी अफ मोर्डन आर्टिष्ट नेपालका अध्यक्ष शङ्करसिंह सुवाललगायतले विभिन्न देशका कलाकारले बनाएका चित्र एकै ठाउँमा राखेर प्रदर्शन गर्दा आपसमा भाइचाराको विकास र कला पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ८ : १९ बजे

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं– मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र 

काठमाडौं–  संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

मनहरी– बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना