काठमाडौँमा त्रिदेशीय कला प्रदर्शनी शुरु « Khabarhub

काठमाडौँमा त्रिदेशीय कला प्रदर्शनी शुरु


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँमा तीन देशका कलाकारको सहभागितामा आजदेखि कला प्रदर्शनी शुरु भएको छ ।

नेपाल, भारत र बङ्गलादेशका कलाकारको सहभागितामा शुरु भएको प्रदर्शनीमा विविध विषयका सिर्जनाहरु चार दिनसम्म प्रदर्शन गरिनेछ ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले कला प्रदर्शनीले देशदेशबीचको संस्कृतिको आदानप्रदानसँगै आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए ।

सोसाइटी अफ मोर्डन आर्टिष्ट नेपालको समन्वय तथा सर्व–भारतीय सङ्गीत संस्कृति प्रतिष्ठानको आयोजनामा शुरु भएको प्रदर्शनीमा कला संस्कृति, रहनसहन, दृष्यचित्र, ऐतिहासिक र पुरातात्विक क्षेत्रसँगै अमूर्त गरी झण्डै २०० चित्र समावेश भएको सोसाइटी अफ मोर्डन आर्टिष्ट नेपालका सचिव जीवनराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनीमा भारतका ७२, नेपालको १३ र बङ्गलादेशका चार कलाकारका चित्रहरु प्रदर्शनमा छन् ।

कला प्रदर्शनीको उद्घाटनका क्रममा प्राध्यापक डा वंशी श्रेष्ठ, भारतीय राजदूतावासका प्रतिनिधि डा अजय कुमार, सोसाइटी अफ मोर्डन आर्टिष्ट नेपालका अध्यक्ष शङ्करसिंह सुवाललगायतले विभिन्न देशका कलाकारले बनाएका चित्र एकै ठाउँमा राखेर प्रदर्शन गर्दा आपसमा भाइचाराको विकास र कला पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ८ : १९ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६