गण्डकी प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत « Khabarhub

गण्डकी प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष पेश गरिएको छ ।

प्रदेश प्रमुखको सचिवालयमा आयोजित समारोहमा मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरले प्रदेश प्रमुख कुँवरसमक्ष आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा घिमिरेले प्रतिवेदनमा समावेश भएका विषयलाई बुँदागत रुपमा प्रस्तुत गरेका थिए । गण्डकी प्रदेश सरकारले २०७४ चैत ८ गते डा घिमिरेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको थियो ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख कुँवरले कानूनी एवं संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ताको कार्यालयले आफ्नो कर्तव्य पूरा गरेको बताए ।

मुख्य न्यायाधिवक्ता डा घिमिरले कार्यालय स्थापना भए पश्चात आव २०७५÷७६ मा मुख्य न्यायाधिवक्ताको कार्यालयबाट भए गरेका काम, त्यसको प्रभावकारिता, हासिल गरेको सफलता, कार्यसम्पादनमा आएका चुनौती र सुधारका लागि सुझावलगायतका विषय प्रतिवेदनमा समेटिएको जानकारी दिए ।

गत आवमा मुख्यतः कार्यालय स्थापना, त्यसको व्यवस्थापन, मुख्यमन्त्रीको कार्यालय, विधेयक समिति, विधायन समिति एवं स्थानीय तहमा कानून तर्जुमा सहजीकरणमै समय बितेको उनले बताए । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी पौडेललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ९ : ०२ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ