हत्या गरी लुटपाट गर्ने पक्राउ « Khabarhub

हत्या गरी लुटपाट गर्ने पक्राउ


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको रोहिणी गाउँपालिका–३ बैकुण्ठपुरमा एक महिना अघि दिउँसौ गोली प्रहार गरी रकम लुट्ने समूहको एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लुटेरा समूहका व्यक्ति भारतबाट नेपाल प्रवेश गर्न लाग्दा विशेष सुराकीको आधारमा बुधबार बेलुका करिब ८ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तर्फबाट प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

रुपन्देही शिद्धार्थनगर नगरपालिकाको–८ स्थित हिमालयन बैंकबाट गत भदौ २९ गते पाँच लाख रकम निकालेर घरतर्फ जाँदै गरेका ओमसतिया गाउँपालिका पटखौली निवासी महेन्द्रकुमार कुर्मीलाई गोली हानी रकम लुट्ने समूहका व्यक्तिलाई प्रहरीले नेपाल भारत सीमाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

हत्या गरिएका पछि उक्त दिन पत्नी लक्ष्मी पाशी र सानो दूधे बालकसहित लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा चढी आफ्नो घर ओमसतियातर्फ जाने क्रममा रोहिणी गाउँपालिका–३ बैकुण्ठपुर हुलाकी सडकमा मोटरसाइलमा पिछा गर्दै आएका लुटेराहरुको समूहले करिब दिउँसो २ बजेको समयमा गोली हानी उक्त रकम लुटेर लगेको थियो ।

प्रहरीले उक्त हत्या तथा लुटपाटको घटनामा सङ्लग्न रहेका व्यक्तिहरू भारतबाट नेपालतर्फ प्रवेश गर्दैछन् भन्ने विशेष सूचनाका आधारमा बुधबार बेलुका ८ बजेको समयमा विशेष अनुसन्धान टोली जिल्लाको सिद्धार्थनगर नगरपालिका–२ स्थित मेउडिहवा फुलपुर भन्ने स्थानमा जाँच गर्ने क्रममा सेतो रङ्गको हेलमेट लगाई युपी ५३ डिबि ९९८३ नम्बरको कालो रङ्गको पल्सर मोटरसाइकल आएका भारतको गोरखपुर थाना कम्पियरगञ्ज मछरी गाउँ बस्ने वर्ष ४० को मनिष हरिजन (चमार) नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनापछि गरेको अनुसन्धानबाट निज उक्त घटनामा सङ्लग्न रहेको भन्ने पहिचानका आधारमा उक्त व्यक्तिलाई पक्राउ गरेकोसमेत जनाएको छ । घटनामा संलग्न अन्य दुई जना पनि पहिचान भइसकेको र उनीहरु पनि भारतीय नागरिक नै रहेकोसमेत प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ९ : ५३ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ