प्रहरी सहायक निरीक्षक चौधरी घुससहित नियन्त्रणमा « Khabarhub

प्रहरी सहायक निरीक्षक चौधरी घुससहित नियन्त्रणमा


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट, कठुरधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई १३ हजार घुस रकमसहित आज नियन्त्रणमा लिएको छ।

नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट कार्यालयबाट खटिएको टोलीले निज चौधरीलाई नियन्त्रणमा लिएको हो।

घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएका चौधरीको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी अख्तियारले नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी उपर आरोपपत्र दायर गरेको छ।

जोशीले जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्डमा जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोग टङ्गालबाट खटिएको टोलीले निज सर्भेक्षक जोशीलाई आठ हजार घुसबापतको रकमसहित नियन्त्रणमा लिएको हो।

उनीहरुलाई भ्रष्टाचार ऐनबमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

त्यस्तै सब डिभिजन वन कार्यालय, प्रतापपुर नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का सहायक वन अधिकृत पर्शुराम चौधरी उक्त वन कार्यालय रहेका घरधनी मनोजकुमार शर्मा उपर आरोपपत्र दायर गरिएको छ।

अभियुक्तद्वयलाई सेवाग्राहीसँग ६५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो। भ्रष्टाचार ऐनबमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १० : १६ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष