बंगलादेशविरुद्ध नेपालको खेल आज « Khabarhub

बंगलादेशविरुद्ध नेपालको खेल आज


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले आज (सोमबार) समुह चरणको अन्तिम खेल अन्तरगत बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बंगलादेशमा जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ ।

समुह ’बी’ मा रहेको नेपाल र बंगलादेशले समान दुई खेल खेलेका छन् ।

दुवै खेलमा जित निकालेको बंगलादेश समूहको शीर्ष स्थानमा छ । नेपाल एकमा जित र एकमा हार ब्यहोर्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।

अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ ।

ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।

यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भाबनालाई जिवित राखेको थियो ।

बंगलादेशले पहिलो खेलमा हङकङलाई ९ तथा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

उपाधि दाबेदार बंगलादेशलाई हराउँदै नेपाल अघिल्लो चरणमा राम्रा टिमविरुद्व क्रिकेट खेल्न चाहन्छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : २० बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता